back

जेनजी आन्दोलनमा घुसपैठ गराई उत्तेजित बनाइयो : सांसद विसी

nactional life

काठमाडौं । नेकपा (एमाले) की सांसद सुमित्रा विसीले भदौ २३ र २४ गते भएको आन्दोलनलाई दुई दृष्टिकोणबाट हेर्नुपर्ने बताएकी छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले वर्तमान परिस्थितिबारे सबै जानकार रहेको उल्लेख गर्दै, सुशासन र भ्रष्टाचारविरुद्ध युवाहरूले उठाएको आवाज आफूहरूले पनि निरन्तर उठाउँदै आएको विषय भएको बताइन् । आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा गरिए पनि अवस्था भने निकै फरक देखिएको उनको भनाइ थियो ।

उनले भनिन्,‘वर्तमान परिस्थतिका बारेमा हामी सबै जानकार छौं । भदौ २३ र २४ गतेको आन्दोलनलाई हामीले दुईवटा दृष्टिकोणले हेर्नुपर्छ भन्ने लाग्छ । जुन युवाहरुले माग राखेर सुशासनका निम्ती, भ्रष्टाचारका विरुद्धमा जुन खालको आवाज उठाए यो हामी सबैले उठाउँदै आएको हो । जुन आन्दोलन भयो त्यो आन्दोलन शान्तिपूर्ण हुने भन्ने थियो तर अवस्था निकै फरक भयो ।’

सांसद विसीले आन्दोलनमा घुसपैठ भएको आशंका व्यक्त गर्दै स्कुले बालबालिकाको टाउको र छातीतर्फ ताकेर गोली प्रहार गरिएको घटनाले आन्दोलनलाई उत्तेजित बनाउन खोजिएको जस्तो देखिएको बताइन् ।

उनले घटनामा ज्यान गुमाएका बालबालिकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, असह्य पीडा सहन बाध्य भएका अभिभावकहरूप्रति गहिरो समवेदना र एक्यवद्धता व्यक्त गरिन् ।

उनले भनिन,‘त्यो आन्दोलनमा घुसपैठ भएर स्कुले बालबालिकाहरुको टाउको र छातिमा ताकेर जुन गोली हानियो त्यो आन्दोलनलाई उत्तेजित बनाउन घुसपैठ गरिएको जस्तो देखियो । मृत्युवरण गर्ने बालबालिकाहरुप्रति हार्दिक श्रद्धाञ्जली छ, यो असह्य पीडा सहन बाध्य भएका अभिभावकहरुप्रति मेरो समवेदना छ, एक्यवद्धता छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३४

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आज (बुधबार) बिहान ११...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...