back

उत्तरी चीनतर्फका थप नाकाहरु खुलाउने तयारी

nactional life

काठमाडौँ । सरकारले उत्तरी चीनतर्फका थप नाका खुलाउने गरी गृहकार्य गरेको छ । सरकारले कोरोला, किमाथाकासहितका नाकाहरु खुलाउनका लागि गृहकार्य थालेको हो । तातोपानी, रसुवागढी नाकामा खासगरी बर्खायाममा निकै समस्या आउन थालेपछि अन्य वैकल्पिक नाकाहरुमा संरचना तयार गरेर भन्सार बिन्दुहरु विस्तार गर्ने काम भइरहेको भन्सारका विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताए।

उत्तरी नाका रसुवा र तातोपानी नाकाहरु अहिलेसम्म रहँदै आएका थिए । रसुवा नाकामा गत असार २६ गतेको बाढीले बन्द भएको थियो । तातोपानीमा पनि पहिरो गएर बाटो अबरुद्ध हुँदा बर्खायाममा उक्त नाका संचालनमा आउन सकेको थिएन । वैकल्पिक रुपमा कोरोला नाका संचालनमा ल्याइएको थियो । त्यहाँ कुनै क्वारेनटाइनहरु थिएन तर पनि सो नाकामा आसिकुडा सिस्टम लागू गराएर भन्सारबाट सामान जाँचपास हुने व्यवस्था मिलाइएको थियो ।

त्यतिबेला जुत्ताचप्पलदेखि विद्युतीय गाडीहरु ठूलो परिणाममा कोरोला नाका हुँदै व्यवसायीहरुले भित्राएका थिए । सोही नाका हुँदै २ हजार भन्दा बढी इभी गाडीहरु जाँचपास गरेर व्यवसायीहरुले भित्राएका थिए । ११७ ओटा कन्टेनरबाट १९ करोडको निकासी भएको थियो ।

दशैँ लक्षित समानहरु ल्याउन महत्वपूर्ण बनेको कोरोला नाकामा थप सुविधासम्पन्न पूर्वाधारहरु बनाएर संचालनमा ल्याउन लागिएको हो । तातोपानी र रसुवागढी नाकाको भर हुन छाडेपछि कोरला, किमाथांकासहितमा संरचनाहरु बनाएर पूर्ण रुपमा संचालनमा ल्याउने तयारी भएको महानिर्देशक भण्डारी बताए ।

महानिर्देशक भण्डारीले भने– ‘कोरोला नाकामा भौतिक संरचना बनाउन हामीले बजेट नै छुट्टाएका थियौँ । हामीले पूर्वाधार आफैँ बनाउन खोजेको चाइनीजहरुले हाम्रो जस्तो संरचना छ,हामीले नै त्यस्तै बनाइदिन्छौं भनेपछि कोरोला नाकामा पूर्वाधार बनाउन छुट्टाएको रकम हामीले फिर्ता गरेका छौं । त्यहाँ सुविधासम्पन्न संरचना बन्दैछ । अन्यत्र नाकामा पनि चाइनीजहरुले सडक संरचना बनेपछि संचालनमा ल्याउन सहयोग गछौँ भन्नुभएको छ । हामीले आफ्नो संरचना विस्तार गर्ने कुराहरुमा प्रयास भइरहेको छ । किमाथांकामा अहिले पनि १ दिनको बाटो हिड्नुपर्छ । बाटो पुर्याउन बाँकी छ । ओलाङचुङ गोलामा जेनजीहरुले नै नाका खोल्नुपर्यो भनिरहेका छन् । त्यहाँ बाटो बन्दैछ ।’

उनका अनुसार उत्तरी नाका संचालन गर्न भूगाेलले अप्ठ्यारो केही पारिरहेपनि पूर्वाधार निर्माणका काम चलिरहेको छ । महानिर्देशक भण्डारीकाअनुसार जनावरी १ देखि रसुवाको नाका सञ्चालनमा आएको छ । अहिले पनि बाटोहरु वान वे छन्, खुलाउने प्रयास भइरहेको छ । सडक विभागसँग समन्वय भइरहेको छ ।

 

तातोपानी पनि संचालनमा आइरहेको छ । ओलाङचुङगोल, किमाथांका लगायतका नाकाहरु खुलाउने प्रयास भइरहेको छ । चीनतर्फ सडक पूर्वाधारहरु बनिसकेका छन् र नेपालतर्फ त्यस्ता पूर्वाधार बनाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । अहिले यी नाकामा नायव सुब्बा सरहका कर्मचारीहरु खटाएर केही सहजीकरण भइरहेको छ । जस्तो अहिले ओलाङचुगोलामा बाटो पुग्ने क्रममा छ, त्यहाँ पुल हाल्नुपर्ने अवस्था छ । बाटो पुगेर पुल भइसकेपछि नाका सञ्चालनमा आउनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ असार २ मंगलवार ०९:३७

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...