back

नेप्से ५५.७६ अंकले बढ्यो

nactional life

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ५५.७६ अङ्कको सुधार भई दुई हजार ८२७.१२ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.८३ ले वृद्धि भई ५०५.१५ मा पुगेको छ । कूल २१९ कम्पनीको दुई करोड २६ लाख १३ हजार २९ कित्ता शेयर रु ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ मा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको बाहेक अरु सबै उपसमूहको शेयर उकालो लागेको छ । सामूहिक लगानी कोष ०.०२ ले घट्दा बैंकिङ ८.८, व्यापार १५.१२, होटल तथा पर्यटन ९२.३५, विकास बैंक २२५.६६, जलविद्युत् ८१.८२, वित्त १३७.८३, निर्जीवन बीमा ४७९.११, उत्पादन १३६.३४, अन्य ११०.७७, लघुवित्त ६९.६३, जीवन बीमा ३७४.१७ र लगानी ०.९२ ले उकालो लागेको छ ।

कारोवारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब ३७ करोड ८७ लाख ९० हजार ६२२ बराबरको कारोवार भएको छ । यस्तै निर्धन उत्थान लघुवित्त रु ३३ करोड ४५ लाख ८४ हजार ८४०, सानिमा माई हाइड्रोपावर रु ३२ करोड १९ लाख ६३ हजार ३३१, लुम्बिनी विकास बैंक रु २९ करोड ७९ लाख ३९ हजार ५०३ र ज्योति विकास बैंक रु २३ करोड एक लाख २२ हजार ६७२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार राष्ट्रिय बीमा कम्पनी र सानिमा माई हाइड्रो पावरको शेयर १० प्रतिशलते वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मन्जुश्री फाइनान्स ९.९७, पोखरा फाइनान्स ९.९७ र समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाए । त्यस्तै राधी विद्युत् कम्पनी ७.२३, एनबिएिल ऋणपत्र १.७८, विशाल बजार कम्पनी १.६७, सिटिजन म्युचुअल फण्ड १.६१ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले १.५४ प्रतिशतले गुमाए । बुधबारको कारोवारपछि बजार पुँजीकरण रु ३९ खर्ब २३ अर्ब आठ करोड ३५ लाख ८८ हजार ४० बराबर पुगेको छ ।

२०७८ जेठ १९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...