back

सफल कोषाध्यक्ष कार्की इक्यानको सचिवको उम्मेदवार

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का वर्तमान कोषाध्यक्ष आसिक कार्कीले आगामी कार्यसमितिका लागि सचिवमा उम्मेदवारी दिएका छन् ।

उनलाई इक्यानको आगामी सचिवको बलियो र सशक्त दाबेदारका रूपमा हेरिएको छ । निर्वाचनले दुइजना सचिव चयन गर्ने छ ।

इक्यानको निर्वाचनसँगै साधारणसभा पनि पौष २८ गते काठमाडौंमा हुँदैछ । निर्वाचनले ९ पदाधिकारी र ९ सदस्य गरी १८ जनाको कार्यसमिति दुई वर्षका लागि चयन गर्ने छ । ‘मैले कोषाध्यक्ष हुँदा जे–जे गर्छु भनेको थिएँ, ती वाचा पूरा गरें, अब सचिवको भूमिकामा रहँदा थप काम गरेर देखाउँछु’ उनी भन्छन् ‘म सबैको सल्लाहमा नै सचिवको उम्मेदवार भएको हुँ, इक्यान र समग्र शैक्षिक परामर्श व्यावसायीको लागि के–के गर्न सकिन्छ भनेर खाका बनाइसकेको छु ।’ उनी कार्यसमिति सदस्य हुँदै कोषाध्यक्ष हुन पुगेका हुन् । उनको कोषाध्यक्षको भूमिकामा कसैले प्रश्न उठाएका छैनन् । ‘मैले संस्थाको अहितमा हुने कुनै काम गरेको छैन, जति गर्न सके त्यो संस्थाको हितमा नै गरें’ उनले भने ‘अहिलेसम्म मेरो निस्कलंक छवि नै मेरो निर्वाचन जित्ने आधार हो ।’ जिम्मेवारी बढ्दै गएपछि उनले इक्यानमा आफ्नो भूमिका पनि बढाउने प्रतिबद्धता जनाएका छन् ।

इक्यानको आर्थिक कोषलाई पारदर्शि बनाएको र प्रभावकारी रूपमा परिचालन गरेको तथा व्यवस्थापनमा सफल भएको भनेर व्यावसायीले चर्चा गर्दै आएका छन् । गत निर्वाचनमा कोषाध्यक्षको उम्मेदवार हुँदा अघि सारेका अधिकांश एजेन्डा र कार्ययोजना निर्वाचित भएपछि कार्यान्वयन गरेको कार्कीले बताएका छन् । ‘मैले गरेको बाचा र बोकेको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा कतै प्रश्न उठ्ने ठाउँ दिएको छैन,’ उनले भने, ‘कोषको आम्दानी बढाउने, अनावश्यक खर्च कटौती गर्ने र व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि संस्थागत पहल गर्नु नै मेरो मुख्य जिम्मेवारी थियो, त्यो मैले पूरा गरेको छु ।’

कार्कीले कोषाध्यक्षसँगै इक्यानको मिडिया विभाग संयोजकको जिम्मेवारी पनि प्रभावकारी रूपमा निर्वाह गर्दै आएका छन् । उनकै पहलमा करसम्बन्धी देशव्यापी तालिम तथा गोष्ठी सञ्चालन गरी व्यवसायीहरूलाई करसम्बन्धी सही जानकारी प्रदान गरिएको थियो । काठमाडौँ धाउनुपर्ने बाध्यता हटाउँदै ओडीएमबी सेवामार्फत जापान, युके र अस्ट्रेलियाको बायोमेट्रिक सेवा मोफसलबाटै उपलब्ध गराउने व्यवस्था आफ्नै पहलमा गरिएको र त्यसले व्यवसायीहरूको समय र खर्च दुवै बचत भएको उनको भनाई छ । यसैगरी बैंकहरूसँग समन्वय गरी विनाधितो १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था, स्ट्यान्डर्ड चार्टर्ड र सिटिजन्स बैंकसँगको सहकार्यमा क्युआर तथा फोन पेमार्फत क्रेडिट सेवा सहजीकरण गर्ने काम पनि उनको कार्यकालका महत्वपूर्ण उपलब्धिहरूमा पर्दछन् ।

कोभिड–१९ पछि रोकिएका ४ हजार एक सय जापान भिसा आवेदनको समस्या समाधान गर्नुका साथै पिटिई परीक्षाको मिति सहज रूपमा उपलब्ध हुने अवस्था सिर्जना गर्न पनि उनको भूमिका उल्लेखनीय रहेको छ ।

इक्यानका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक पर्दा कोष कलेक्सनमा विशेष योगदान दिएका कार्कीले कतिपय अवस्थामा आफ्नै कम्पनीबाट प्रायोजन गरेर समेत कार्यक्रम सफल बनाएका छन् । शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, सशक्त र सम्मानित बनाउने अभियानमा लामो समयदेखि सक्रिय कार्कीले अब सचिवको जिम्मेवारी लिएर संस्थागत सुदृढीकरण र प्रशासनिक सुधारमा अझ प्रभावकारी भूमिका खेल्ने बताएका छन् । कार्कीले आगामी जिम्मेवारीका लागि सम्पूर्ण इक्यान सदस्यहरूसँग साथ, सहयोग र अमूल्य मतको आग्रह गरेका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...