back

एमालेको एघारौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी सुनिता वराल को हुन् ?

nactional life

काठमाडौं । सुनिता वरालको राजनीतिक यात्रा झापा जिल्लाको गौरादहबाट सुरु भएको हो । उनले प्रारम्भिक शिक्षा गौरादहकै जनता माध्यमिक विद्यालयबाट प्राप्त गरिन् । विद्यालय जीवनमै विभिन्न गतिविधिमा सक्रिय रहँदै विद्यार्थी प्रतिनिधिका रूपमा सहभागिता जनाएकी वरालले कक्षा ११ र १२ को अध्ययन गौरादह बहुमुखी क्याम्पसबाट पूरा गरिन् । यही समयदेखि उनी अनेरास्ववियूको क्याम्पस कमिटीमा आबद्ध हुँदै संगठित विद्यार्थी राजनीतिमा सक्रिय भइन् ।

विद्यार्थी राजनीतिमा निरन्तर सक्रिय रहँदै वराल अनेरास्ववियूको केन्द्रीय अध्यक्षसम्म निर्वाचित भइन् । केन्द्रीय अध्यक्षको भूमिकामा रहँदा उनले लामो समयदेखि हुन नसकेको महाधिवेशन सम्पन्न गराई नेतृत्व हस्तान्तरण गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिन् । उनको नेतृत्व क्षमताको मूल्याङ्कनस्वरूप नेकपा एमालेको दशौँ महाधिवेशनबाट उनी पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भइन् र एक कार्यकाल सफलतापूर्वक पूरा गरिन् ।

पार्टीको विश्वासका आधारमा सुनिता वराल समानुपातिक बन्द सूचीमार्फत संघीय सांसद बन्ने अवसर पाइन । सांसदका रूपमा मात्र नभई उनले नेकपा एमाले संसदीय दलको तर्फबाट सचेतकको जिम्मेवारीसमेत निर्वाह गरिन् । शैक्षिक रूपमा उनले विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातक तहको अध्ययन पूरा गरेकी छन् । त्रिभुवन विश्वविद्यालय बाहिरको शैक्षिक पृष्ठभूमिबाट विकसित भएर अनेरास्ववियूको केन्द्रीय नेतृत्वमा पुग्ने उनी पहिलो नेतृका रूपमा परिचित छिन् ।

राजनीतिलाई पेशा नभई सेवा मान्ने वरालले महिलाका रूपमा नेतृत्वमा स्थापित हुन अनेक चुनौतीहरूको सामना गरिन् । पारिवारिक राजनीतिक पृष्ठभूमि नभए पनि अभिभावकको विश्वास र सहयोगले उनलाई निरन्तर अघि बढ्न प्रेरित गर्यो ।

अन्तरपुस्ता समन्वय, युवाहरूको राजनीतिक सहभागिता वृद्धि र शिक्षा क्षेत्रको सुधारलाई उनले आफ्नो मुख्य प्राथमिकता बनाएकी छन् । ११ औँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित सुनिता वराल आज नेकपा एमालेकी एक सशक्त, प्रतिबद्ध र भविष्यप्रति स्पष्ट दृष्टिकोण भएकी नेतृका रूपमा स्थापित छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...