back

कच्चा पदार्थमा लाग्दै आएको भ्याट खारेज गर्न माग

nactional life

काठमाडौं । कच्चा पदार्थमा लाग्दै आएको भ्याटले निर्यातजन्य उद्योगलाई निरुत्साहित गरेको भन्दै त्यसलाई हटाउनुपर्ने निजी क्षेत्रका अगुवाहरुले बताएका छन् ।

नेपाल निर्यात परिषद्को २८ औँ वार्षिक साधारण सभा एवं १० औँ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा निजीका प्रतिनिधिहरुले निर्यात उद्योगमा परिरहेको असरका बारेमा राज्य गम्भीर रहन जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले कच्चा पदार्थमा लाग्दै आएको भ्याट हटाएर निर्यात उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने बताए। उनकाअनुसार उद्योगमा चाहिने कच्चा पदार्थ धेरै जसो विदेशबाट ल्याउनुपर्ने र नेपाली कच्चापदार्थमा भ्याट लगाएर निर्यात व्यापारलाई निरुत्साहित गरिनु हुँदैन । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने–‘उद्योगमा चाहिने कच्चा पदार्थ धेरै जसो विदेशबाट ल्याउनुपर्ने र नेपाली कच्चापदार्थमा भ्याट लगाएर निर्यात व्यापारलाई निरुत्साहित गरियो भन्ने कुरा छ । यसमा पुनरावलोकन गर्नुपर्छ । भ्याटलाई हटाउनुपर्छ । लजिस्टीक कस्ट ३५ प्रतिशतसम्म लाग्दै आएको छ । ट्रान्जिट कस्ट पनि अरु देशमा १ महीनामा हुनेमा हाम्रोमा २ महीना लाग्ने गरेको छ । यसलाई कसरी कम गर्न सकिन्छ भन्ने कुरामा राज्यको ध्यान पुग्नुपर्छ ।’

नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई अघि बढाउन स्वदेशी उत्पादन बढाउन जरुरी छ । उनकाअनुसार स्वदेशी उद्योगबाट उत्पादित वस्तुको खपत बढाउने नीति सरकारले लिनुपर्छ ।

अध्यक्ष पाण्डेले भने– ‘वाह्य क्षेत्र राम्रो देखिएपनि आन्तरीक रुपमा निकै समस्या छ । उद्योगहरु न्युन क्षमतामा सञ्चालन भइरहेका छन् । चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई अघि बढाउन स्वदेशी उत्पादन बढाउन जरुरी छ । खपत बढाउने नीति लिनुपर्छ । स्वदेशी वस्तुको अधिकतम प्रयोग गर्नुपर्छ । यस्तो नीतिले नै अर्थतन्त्र बलियो बनाउछ । आत्मनिर्भर अर्थतन्त्रका लागि विशेष अभियान संचालन गर्नुपर्छ ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका उपाध्यक्ष, सुरेन्द्रकुमार श्रेष्ठले उत्पादनदेखि बजारीकरणमा रहेको निजी क्षेत्रलाई उकास्न राज्यले जोड दिनुपर्ने बताए । उनकाअनुसार, निर्यातमुखी उद्योगलाई राज्यले विशेष सहुलियत दिएर अघि बढाउनुपर्छ ।

उपाध्यक्ष श्रेष्ठले भने–‘निजी क्षेत्रले अहिलेसम्म पुँजी लगानी गर्ने वातावरण बन्नसकेको छैन । यस्तो अवस्थामा विदेशीले कसरी नेपालमा लगानी गर्छन् ? गम्भीर प्रश्न बनेको छ । आज अर्थतन्त्रको झन्डै ८१ प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेको छ । उत्पादनदेखि बजारीकरण, निर्यातमुखी उद्योगसम्म निजी क्षेत्र नै अर्थतन्त्रको प्रमुख चालक बनेको छ । यस्तो अवस्थामा निर्यातमुखी व्यवसायीको हक हित संरक्षण हुनुपर्छ । हाल अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक छैनन् । बैंक तथा वित्तिय संस्थामा पर्याप्त लगानी योग्य रकम हुँदाहुँदैपनि कर्जा विस्तार हुन सकेको छैन ।

यसको स्पष्ट अर्थ हो मुलुकमा लगानीमैत्री बातावरण बन्न सकेको छैन । निजी क्षेत्रमा विश्वासको अभाव छ । जेनजी आन्दोलनपछि मुलुकको अर्थतन्त्र कठिन अवस्थामा ग्रुजिरहेको छ ।’ अहिलेपनि उद्योगहरु लगानीयोग्य रकमको अभावमा छट्पटिनु परिरहेको बताउँदै श्रेष्ठले बैंकमा थ्रुप्रिएको लगानी योग्य रकमलाई सही रुपमा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य सामान्य बढ्यो 

वि.सं.२०८३ असार २ मंगलवार १२:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको...

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

वि.सं.२०८३ असार २ मंगलवार १०:५८

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २ मंगलवार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोलियम पदार्थको मूल्य स्थिर

पेट्रोलियम पदार्थको मूल्य स्थिर

वि.सं.२०८३ असार २ मंगलवार ०८:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार २ मंगलवार ०८:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको...

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...