back

वित्तीय विवरण सार्वजनिक नगर्ने ३ हाईड्रोको कारोबार रोक्का गर्न माग

nactional life

काठमाडौं । नेपनल धितोपत्र बोर्ड (सेवोन) मा विभिन्न ३ कम्पनीको कारोबार रोक्का गर्न माग गर्दै निवेदन परेको छ । विभिन्न ३ कम्पनी खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको हुनाले कारोबार रोक्का गर्न माग गर्दै बोर्ड निवेदन परेको हो ।

वित्तीय विवरण प्रकाशित नगरेपछि लगानीकर्ताहरु अन्यौलमा पर्ने भन्दै लगानीकर्ता केशब कोइरालाले खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीको शेयर कारोबार रोक्का गर्न माग गर्दै मंगलबार बोर्डमा निवेदन दिएका हुन् ।
यी कम्पनीहरुले दोस्रो बजारमा वित्तीय विवरण नै सार्वजनिक नगरि लगानीकर्तालाई कारोबारमा अन्यौल पारेको भन्दै निवेदन दिएका हुन् । खानीखोलाले ०७६ पुस यता कुनै विवरण प्रकाशन नगरेको, जोशी र हिमाल दोलखाले पनि आम लगानीकर्ताले हेर्न पाउनेगरी कुनै विवरण निष्काशन नगरेको आरोप लगाएको छ ।

खानीखोलाको २०७६ साल पौष मसान्तसम्मको वित्तीय विवरण अनुसार नेटवर्थ ७ रुपैयाँ नकारात्मक रहेको र लगातारको घाटाले कम्पनीको नेटवर्थ ५० रुपैयाँभन्दा बढी नकारात्मक भएको हुनसक्ने र कम्पनीको सेयर महँगो मूल्यमा कारोबार भएको हुँदा लगानीकर्ता डुब्ने खतरा भएकाले सूचीकरण खारेजी गर्न माग गर्दै निवेदन दिएका हुन् ।

२०७८ जेठ १९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ असार २ मंगलवार ०९:३७

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...