back

बैंककस्थित नेपाली दूतावासबाट प्रदान गरिने राहदानी सम्बन्धी सेवा शुल्क परिवर्तन

nactional life

काठमाडौं । थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले विभिन्न कन्सुलर तथा राहदानी सेवामा लाग्ने शुल्कमा परिवर्तन गरेको छ ।

दूतावासले जारी गरेको सूचनाअनुसार स्थानीय मुद्रा थाई भाटमा लिने राजस्व दस्तुरमा विनिमय दरमा आएको परिवर्तन समायोजन गर्दै नयाँ शुल्क दर कायम गरिएको हो ।

संशोधित शुल्क मिति २०८२ पुस १७ गते आजदेखि लागू हुने सुचनामा उल्लेख छ । सूचनाअनुसार राहदानीसम्बन्धी सेवामा शुल्क घटाइएको छ ।

३४ पृष्ठको साधारण राहदानीका लागि शुल्क ३,२०० बाट २,६०० भाट पु¥याइएको छ भने ६६ पृष्ठको साधारण राहदानीको शुल्क ५,२०० बाट ४,२०० भाट कायम गरिएको छ ।

त्यसैगरी, हराएको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले प्रयोग हुन नसक्ने राहदानीका हकमा लाग्ने शुल्क पनि ४,८०० बाट ३,९०० भाट तोकिएको छ । १० वर्षभन्दा कम उमेरका नाबालकको हकमा राहदानी शुल्क १,६०० बाट १,३०० भाट कायम गरिएको छ ।

कन्सुलर सेवाअन्तर्गत विभिन्न कागजात प्रमाणीकरण, मञ्जुरीनामा, जनशक्ति÷रोजगार तथा सेवा सम्झौता, विवाह दर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, नागरिकता तथा लाइसेन्स, जन्म–मृत्यु दर्ता लगायत सेवामा लाग्ने शुल्क १,६०० बाट १,३०० भाट कायम गरिएको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाबाट जारी कागजात, प्रहरी प्रतिवेदन, चिकित्सकको प्रमाणपत्र, उत्पत्तिको प्रमाणपत्रलगायत अन्य कागजात प्रमाणीकरणको शुल्क २,००० बाट १,६०० भाट तोकिएको छ ।

गैरआवासीय नेपाली परिचयपत्रसम्बन्धी सेवामा पनि शुल्क समायोजन गरिएको छ । गैरआवासीय नेपालीका रूपमा दर्ता निवेदन दिँदा लाग्ने शुल्क ८०० बाट ६५० भाट कायम गरिएको छ । नेपाली मूलका विदेशी नागरिकलाई परिचयपत्र जारी तथा नवीकरण गर्दा लाग्ने शुल्क १०,००० बाट ८,००० भाट बनाइएको छ भने विदेशमा बस्ने नेपाली नागरिकका लागि परिचयपत्र जारी तथा नवीकरण शुल्क २,००० बाट १,६०० भाट निर्धारण गरिएको छ ।

नेपाली दूतावास, बैंककले संशोधित शुल्कदर लागू भइसकेकाले सेवा लिन आउने सेवाग्राहीहरूलाई नयाँ दरअनुसार राजस्व बुझाउन अनुरोध गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

वि.सं.२०८३ असार २ मंगलवार १९:१३

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको...

सुनको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य सामान्य बढ्यो 

वि.सं.२०८३ असार २ मंगलवार १२:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको...

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

वि.सं.२०८३ असार २ मंगलवार १०:५८

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २ मंगलवार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोलियम पदार्थको मूल्य स्थिर

पेट्रोलियम पदार्थको मूल्य स्थिर

वि.सं.२०८३ असार २ मंगलवार ०८:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार २ मंगलवार ०८:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको...