back

फिल्म क्षेत्रमा २०२५ : प्रतिकूल परिस्थितिमा उच्च व्यापार

nactional life

काठमाडौं । सन् २०२५ नेपाली चलचित्र क्षेत्रका लागि उल्लेख्य नै रहयो । चलचित्रको कथावस्तु र कतिपय चलचित्रका गीतहरु सर्वाधिक रुचाइएकामा गणना भए । व्यवसायिक दृष्टिकोणले वितेको एक बर्ष नेपाली चलचित्रहरुले उल्लेख्य व्यापार गरे ।

चलचित्र विकास बोर्डका अनुसार सन् २०२५ जनवरी १ देखि डिसेम्बर १९ सम्म नेपाली हलहरूमा स्वदेशी र विदेशी गरी १५४ वटा फिल्म प्रदर्शनमा आएका छन् । त्यसमध्ये ०२५ मा सबैभन्दा बढी कमाई गरेका÷सफल नेपाली फिल्महरुको समिक्षा गरेको छ ।

करिब डेढ दर्जन बढी फिल्मले तारिफयोग्य व्यापार गरे भने अन्यको व्यापार औषध नै हरयो । यो वर्ष नेपाली बक्स अफिसमा सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘परान’ बन्यो । प्रदर्शनरत यस ब्लकबस्टर फिल्मको व्यापार १७ करोड ६८ लाख छ रहेको छ । ‘परान’ले ग्रस कलेक्सनको मामलामा विदेशी फिल्मलाई पनि पछि पारेको छ ।

यसैगरी वर्ष ०२५ को सबैभन्दा बढी कमाई गर्ने नेपाली फिल्म ‘जेरी अनटप’ पनि सूचिमा छ । १२ करोड २९ लाख कमाइ गरेको यो फिल्म मे १७ अक्टोबरमा रिलिज भएको हो । यो फिल्म देशका धेरै सिनेमा हलहरूमा लामो समयसम्म लागेको थियो ।

यसैगरी सुरुमै वर्षमा राम्रो प्रतिक्रिया पाएको फिल्म हो ‘ऊनको स्विटर’ । यसले पनि बक्स अफिसमा राम्रै कमाई गर्न सफल भएको छ । ऊनको स्विटर फिल्मले ११ करोड ४३ लाख कमाई गरेको छ । सामाजिक÷ड्रामा शैलीको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पायो ।

यसैगरी वितेको एक वर्षमा सबैभन्दा बढी कमाई गर्ने नेपाली फिल्म हो ‘एञ्जिला’। ‘एञ्जिला’ले बक्स अफिसमा राम्रै कमाइ गर्यो ‘एञ्जिला’ले बक्स अफिसमा ८ करोड ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

यो वर्ष प्रदर्शनमा आएका चार नेपाली फिल्महरूमा ‘एञ्जिला’, ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’ र ‘परान’ले राम्रो व्यापार गरेका छन् । चलचित्रकै गीतहरुले पनि राम्रो भ्यूज पाएका छन् । विशेषत दशैं र तिहारमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएका फिल्महरु जेनजी आन्दोलनको मारमा परेका थिए ।

यसैगरी हलमा लागेका तीन विदेशी फिल्महरु समेत सफल व्यापार गरेका छन् । जसमा यो वर्ष नेपाली हलमा लागेका तीन भारतीय फिल्महरूले नेपाली दर्शकबाट राम्रो साथ पाएका छन् । नेपाली बक्स अफिसमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने विदेशी फिल्म ‘कान्तारा’ हो ।

दोस्रो पनि भारतीय फिल्म नै रहेको छ । ‘सैयारा’ले १० करोड २० लाख ग्रस कलेक्सन गरेको छ । यी दुई फिल्मको व्यापार उच्च हो । नेपाली सुपरहिट फिल्मको ग्रस कलेक्सन बराबर यो दुई वटाको व्यापार छ ।

सबैभन्दा कम व्यापार गर्ने पनि भारतीय फिल्म नै छ । फिल्म ‘नारी शक्ति’को जम्मा ४५ वटा टिकट बिक्री भएको छ । यसको ग्रस कलेक्सन ४ हजार १५० छ । त्यस्तै, प्रदर्शनरत भारतीय फिल्म ‘धुरन्धर’ले ९ करोड १३ लाख ग्रस कलेक्सन गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

वि.सं.२०८३ असार २ मंगलवार १९:१३

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको...

सुनको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य सामान्य बढ्यो 

वि.सं.२०८३ असार २ मंगलवार १२:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको...

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

वि.सं.२०८३ असार २ मंगलवार १०:५८

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २ मंगलवार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोलियम पदार्थको मूल्य स्थिर

पेट्रोलियम पदार्थको मूल्य स्थिर

वि.सं.२०८३ असार २ मंगलवार ०८:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार २ मंगलवार ०८:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको...