back

जनताको सेवा गर्ने चाहनाले केन्द्रिय सदस्यमा मेरो उम्मेद्वारी : रामसिंह यादब

रामसिंह यादब : नेता नेकपा एमाले तथा केन्द्रिय सदस्यको प्रत्याशि

nactional life

 नेकपा एमालेको ११औं महाधिबेशन चलिरहेको छ । यसको सन्देश के हो ?
यो महाधिबेशन पार्टीलाई एकताबद्ध गरेर देशमा अहिले जुन राजनीतिक अन्यौलता छ, त्यो अन्यौलतालाई चिर्नु र सम्बृद्ध नेपाल बनाउने अभियानमा देशलाई लैजानु नेकपा एमालेको कार्यभार हो । त्यसलाई सफल बनाउनका लागि पार्टी, नेपाल र नेपाली जनतालाई सहि बाटोमा अघि लैजाने उदेश्य राखेर अधिबेशन गरिएको छ । त्यसकारण यो अधिबेशनको सन्देश भनेको देशको विग्रिएको परिस्थीतिलाई सही दिशमा लैजानु हो । नेपाली जनताको विकास र सम्बृद्धिको चाहनालाई सफल बनाउने यसको अभिष्ट हो ।

 जेनजी आन्दोलनपछि उत्पन्न परिस्थीतिका कारण तपाइहरुले अर्ली महाधिबेशन गरिरहनु भएको छ। सो आन्दोलनको मर्म र भावनालाई यो महाधिबेशनले कत्तिको सम्बोधन गर्छ ?

जेनजी आन्दोलनको जुन उदेश्य थियो, त्यो उदेश्यसँग फरक उदेश्य एमालेको कहिल्यै पनि होइन । एमाले जहिले पनि सम्बृद्ध नेपालको परिकल्पना गर्ने, भष्टाचार विरुद्ध अभियान चलाउने पार्टी हो ।

जेनजी आन्दोलनबाट उठेका मुद्धाहरु पनि त्यही थियो । भष्टाचार हुनु हुदैन, अराजकताको स्थीतिलाई प्रोत्साहन दिने होइन । त्यो नेकपा एमालेको नै उदेश्य हो । जेनजीहरुको भित्री उदेश्य पनि त्यही हो । तर जेनजी आन्दोलनबाट उत्पन्न परिस्थीतिका कारण अहिले असंवैधानिक सरकार बनेको छ । हामी त्यसलाई असंवैधानिक भनिरहेका छौ । त्यो वैधानिक होइन । त्यो सरकारले पनि जेनजीको उदेश्य अनुरुप काम गर्न सकेको देखिदैन । अराजकता पनि पहिलेका सरकारहरु भन्दा निकै बढी छ । अािर्थक अराजकता, शुसासनको क्षेत्रमा अराजकता भइरहेको छ । त्यसकारणले जेनजी आन्दोलनले उठाएका सवाल एमालेले पहिले पनि सर्मथन गरेको र यो महाधिबेशनले पनि गर्नेछ । ठुक्क हुनुस् ।

 भष्ट्राचार मात्र होइन जेनजीहरुले त पार्टीहरुमा युवाहरु आउनु पर्यो । शासनसक्ता त बुढा पुरानाहरुले मात्र चलाए भनिरहेका छन् नी ? यो महाधिबेशनले युवाहरुलाई नेतृत्वमा ल्याउने सम्भावना के छ ?
हामी त्यसैको लागि लागिरहेका छौ । जेनजी आन्दोलन भन्दा पहिले नै नेकपा एमालले आफनो सागंठनिक संरचनामा युवाहरुलाई प्रोत्साहित गर्ने, युवाहरुलाई उठाउने, युवाहरुलाई भुमिका र निर्णायक ठाउँमा ल्याउने भन्ने कुराहरु त एमालेको पुराना दस्ताबेजबाट पनि त देखिन्छ । सबै दस्ताबेजमा, सबै अबिधेशनमा माथीदेखि तलसम्म युवाहरुलाई प्राथमिकता राखेर सहभागितामुलक ढंगले ल्याउने भनेकै हो नी । त्यसकारण यो अबिधेशनमा पनि युवाहरुलाई नेतृत्वमा ल्याउने कुरामा प्राथमिकता रहन्छ । त्यसका लागि एमाले पहिले र अहिले अनि जहिले पनि तयार छ ।

 तर समाजिक सञ्जालदेखि चिया दुकानसम्म युवाहरुको बढीजसो आक्रोस त एमाले काँगे्रस प्रति नै बढी देखिन्छ नी?
त्यो गलत बुझाइ हो । त्यतो छैन । महाधिबेशनको उद्घाटन सभामा तपाइ युवाको सहभागिता हेर्नुस त । यसभन्दा पहिले गरेको एमालेको कार्यक्रममा युवाहरुको सहभागिता हेर्नुस । म धनुषा जिल्लाको नेता, कार्यक्रर्ता हो । ठोकुवा साथ भन्छु युवाको सहभागिता जति एमालेमा छ त्यति अन्य पार्टीहरुमा छदै छैन ।

 तपाइ अहिले चलिरहेको महाधिबेशनमा केन्द्रिय सदस्यको प्रत्याशी हुनुहुनुहन्छ । तपाइको अलिकति राजनीतिक पृष्ठभुमि बताइदिनुहोस न  ।
म २०४१ सालदेखि राजनीतिमा लागेको हुँ । विधार्थी आन्दोलनबाट लागेको मान्छे । विधार्थी आन्दोलनका क्रममा धेरै दुख गरेको मान्छे । त्यतिखेर स्ववियु कोषाध्यक्ष, उपाध्यक्ष र सभापति समेत भएको हुँ । एमालेको युवा संघको केन्द्रमा रहेर काम गरेको, कानुन व्यवसायीहरुको संगठनमा केन्द्रिय उपाध्यक्ष भएर काम गरेको, नेकपा एमालेको गैर सरकारी संस्थाको केन्द्रिय कार्य समितिमा रहेर काम गरेको, मानव अधिकारको क्षेत्रमा केन्द्रिय कार्य समितिमा काम गरेको र मधेशमा समाज सेवाका कामहरुमा युवा अवस्थादेखि नै काम गर्दै आएको मानिस हुँ । कोराना होस् वा हरेक महामारीमा, बाढी पहिरोको विपदमा जनताको दैलोदैलोसम्म पुगेर सकेको सहयोग गरेको मान्छे हुँ ।

विधार्थी कालदेखि सबै जनवर्गिय संगठनहरुमा केन्द्रिय निकायमा रहेर काम गर्दै आएकोे र पार्टीको केन्द्रिय निकायमा रहेर काम गरिसकेको ब्यक्ति हुँ । म जनप्रतिनिधिको हैसियता संविधानसभा सदस्य भएर संविधान निर्माणमा भुमिका खेलेको, नेपाल सरकारको राज्यमन्त्री पनि भएर काम गरेको हुँ । मैले आफुलाई योग्यता र क्षमताको हिसावले र मेरो कम्युनिष्ट आन्दोलनमा रहेको योगदानको हिसावले योग्य र सक्षम उमेदवार भएको कारण अहिले पार्टीको केन्द्रिय सदस्यमा दाबी गरेको हुँ ।

मैले कसैलाई होच्याउन पनि खोजेको हाईन । त्यो खालको स्वभाव मेरो छैन । आपसी सदभाव र भाइचारा मेरो दिग्दर्शन हो । मिलेर अघि बढ्नु पर्छ भन्ने मेरो मान्यता छ । र, हरेक साथीभाइहरुको दुख सुखमा सँधै साथमा छु । जिवन पर्यन्त रहन्छु पनि । र, मलाई साथीभाइहरुले माया गनुहुनेछ भन्ने पनि विश्वास छ ।

र, म आफुयोग्य छु भनेर जाने हो । योग्य छु भन्ने मलाई विश्वास छ । देशभरबाट आएका प्रतिनिधि साथीहरुले मलाई मेरो जुन जिवनी छ, त्यो जिवनीलाई हेर्ने हो भने मलाई केन्द्रिय सदस्यमा राख्न कसैलाई असहज होला भन्ने लाग्दैन । म सहज ढंगले केन्द्रिय कार्य समितिमा रहेर नेकपा एमालेको नेतृत्वमा रहेर काम गर्न सक्षम आफुलाई ठान्छु ।

प्यानलगत प्रतिस्पर्धा हुँदामा प्रतिनिधिहरुले तपाइलाई छान्नु पर्ने आधार के हुन् ?
कम्युनिष्ट आन्दोलनमै रहेर मैले आफनो विधार्थीकालदेखि योगदान गरेको छु । म सक्षम, योग्य र शिक्षाको हिसावमा पनि कानुनमा स्नातक गरेको छु । समाजशास्त्रमा स्नाकोत्तर गरेको छु । कम्युनिष्ट आन्दोलनमा भुमिका पनि मेरो छ । त्यसकारण मलाई उहाँहरुले विश्वास गर्नुहुनेछ भन्ने मलाई लाग्छ।

 प्रतिस्पर्धा हुन लागेको एमाले महाधिबेशनमा अहिले संस्थापन र इतर गरि दुई धार छ । तपाइ संस्थापन पक्षमा किन उभिनु भयो ?
अहिलेको नेतृत्वका सन्र्दभमा नेकपा एमालेको भुमिका के हो भने राष्ट्रियतालाई प्राथमिकता राखेर अघि बढ्नु पर्छ । हामी स्वतन्त्र ढंगले नेपाल र नेपालीलाई चिनाउनु पर्छ । कसैको अधिनस्थ रहेर, कसैको नजिक भएर, कसैको दाश बनेर बस्नु हुदैन । राष्ट्रलाई आफनो प्रमुख प्राथमिकतामा राखेर जो मान्छे अघाडी बढ्न सक्छ जो सक्षम छ । त्यसलाई नेतृत्वमा राख्नु पर्छ । त्यसमा चाँही हाम्रो पार्टी अध्यक्ष केपि ओलीको भुमिका हुन्छ । उहाँको भुमिका सर्वत्र नेपाली जनताले मात्र होइन अन्र्तराष्ट्रिय समुदायले मानेको छ । सक्षम, निर्भक नेताको रुपमा केपि ओलीलाई चिनिएको छ । केपि ओलीले अहिलेको स्थीतिमा पार्टी र जनताको संरक्षण गर्न प्रमुख भुमिका खेल्न सक्नु हुनेछ । त्यसकारण म संस्थापन पक्षमा छु ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:५१

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले महिला सशक्तीकरण, नेतृत्व...

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल

वि.सं.२०८३ जेठ २१ बिहीवार ०८:३९

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपमहासचिव...

बजेटले पर्यटन क्षेत्रलाई उत्साहित बनाएको छ, तर कार्यान्वयनको प्रतिक्षामा छौं : हान अध्यक्ष शाह 

बजेटले पर्यटन क्षेत्रलाई उत्साहित बनाएको छ, तर कार्यान्वयनको प्रतिक्षामा छौं : हान अध्यक्ष शाह 

वि.सं.२०८३ जेठ २० बुधवार १०:२३

लामो समयदेखि शिथिल अवस्थामा रहेको नेपालको पर्यटन उद्योगलाई उकास्न र...

बजेटको भाषामा कृषि प्राथमिकतामा, तर व्यवहारमा किसान भित्तामा : उद्धव अधिकारी

बजेटको भाषामा कृषि प्राथमिकतामा, तर व्यवहारमा किसान भित्तामा : उद्धव अधिकारी

वि.सं.२०८३ जेठ १७ आइतवार १२:४७

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कृषिलाई ‘शीर्ष प्राथमिकता’...

ज्येष्ठ नागरिक स्वास्थ्यमा नेपाल अझै रोग उपचारमै सीमित : डा.क्षेत्री

ज्येष्ठ नागरिक स्वास्थ्यमा नेपाल अझै रोग उपचारमै सीमित : डा.क्षेत्री

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३९

काठमाडौं । विश्वभर औसत आयु बढ्दै जाँदा ‘स्वस्थ बुढ्यौली’ अहिले...

निजी क्षेत्रमाथि नियन्त्रण बढाउँदा अर्थतन्त्र संकटमा पर्छ : अर्थविद गोपीलाल न्यौपाने

निजी क्षेत्रमाथि नियन्त्रण बढाउँदा अर्थतन्त्र संकटमा पर्छ : अर्थविद गोपीलाल न्यौपाने

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३०

काठमाडौं । अर्थविद् डा. गोपीलाल न्यौपानेले वर्तमान सरकार तथा काठमाडौं...