back
himalayan life

कहाँ एपमा थपियो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ फिचर

काठमाडौं । डिजिटल ठेगाना तथा लोकेसन प्रविधिमा पछिल्ला वर्षहरूमा अग्रणी बनेको कहाँ एपले विद्यार्थी र होस्टल व्यवसायीलाई लक्षित गर्दै ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार उक्त प्रणालीले होस्टल सञ्चालनसँग सम्बन्धित दैनिक प्रशासनिक कामलाई डिजिटल, पारदर्शी र सहज बनाउँदै देशभरको होस्टल उद्योगलाई आधुनिक प्रविधितर्फ उन्मुख गर्ने उद्देश्य लिएको छ ।

पहिले नै कहाँ ट्यागमार्फत नेपालभरका घर, संस्था तथा व्यवसायहरूको डिजिटल ठेगाना व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गर्दै आएको कहाँ एपले विभिन्न सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै प्रविधिक सेवाको दायरा विस्तार गर्दै आएको छ ।

कम्पनीले ललितपुर महानगरपालिका, अन्य सरकारी तथा निजी निकायसँगका परियोजनासँगै नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी १०० पर्यटन गन्तव्यको डिजिटल प्रमोशन र लिस्टिङ समेत सम्पन्न गरिसकेको छ ।

प्रविधि क्षेत्रमा यसको अनुभवलाई आधार मानेर कहाँ एपले अब होस्टल सेवालाई पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यसहित नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको हो । परीक्षणकालमै आधा दर्जनभन्दा बढी होस्टलले यो फिचर प्रयोग गरिसकेका छन् ।

मानिसहरुलाई हरेक स्थानको जानकारी दिन लोकेशन नेभिगेशन सहित विस्तृत विवरण दिन पृथक सोचेर सुरु गरिएको कहाँले विभिन्न स्थान, पर्यटन तथा सेवासम्बन्धी सम्पूर्ण जानकारी एउटै ठाउँमा उपलब्ध गराउने उद्देश्यसहित ‘कहाँ’ एप सार्वजनिक गरिएको थियो । एपले लोकेशन, नेभिगेसनदेखि विस्तृत विवरणसम्म सहज रूपमा प्रदान गर्ने भएकाले प्रयोगकर्ताले कुनै पनि स्थान वा सेवासम्बन्धी आवश्यक जानकारी तुरुन्तै पाउन सक्नेछन् ।

नयाँ फिचरका प्रमुख पक्षहरू
विद्यार्थीको डिजिटल आवागमन ट्र्याकिङ
विद्यार्थी कहिले होस्टल प्रवेश गर्छन् वा निस्कन्छन् भन्ने विवरण एपमा स्वचालित रूपमा अभिलेख हुने व्यवस्था गरिएको छ । यसले सुरक्षा व्यवस्थालाई मजबुत बनाउनुका साथै व्यवस्थापन र अभिभावक दुवैलाई विश्वसनीय जानकारी प्रदान गर्छ ।
स्वचालित हाजिरी व्यवस्थापन
दैनिक हाजिरी अब कागजी दर्ता हटाई पूर्ण रूपमा एपमै सुरक्षित रूपमा राखिनेछ । आवश्यक रिपोर्ट व्यवस्थापकले एक क्लिकमै पाउने हुँदा समय र स्रोत दुवै बचत हुने कम्पनीले जनाएको छ ।
सूचना तथा नोटिफिकेशन प्रणाली
होस्टलका महत्वपूर्ण सूचना, नियम, शुल्क विवरण तथा आपतकालीन जानकारी विद्यार्थीले वास्तविक समयमा एपमार्फत प्राप्त गर्न सक्नेछन् । यसले सूचनाको पहुँच र पारदर्शिता दुवैलाई सुदृढ बनाउँछ । साथै सूचनाप्रणालीलाई निरन्तर सशक्त रूपमा सञ्चार हुने गरी विकास गरिएको छ।
अटोमेटिक बिलिङ र हिसाबकिताब
होस्टल शुल्क, खाने–बस्ने खर्च तथा अन्य सेवासम्बन्धी बिल स्वतः तयार भई एपमै उपलब्ध हुन्छ । विद्यार्थीले तिर्न बाँकी शुल्क तथा भुक्तानी विवरण तत्काल हेर्न सक्ने सुविधा समावेश गरिएको छ ।
भर्चुअल ३६०ड्ढ टुर तथा बेड बुकिङ
विद्यार्थीले होस्टलको कोठा तथा बेडको ३६०ड्ढ दृश्य हेरेर उपलब्ध बेडको वास्तविक समय जानकारी प्राप्त गर्न सक्छन् । मनपर्ने कोठा वा बेड एपमै बुक गर्न सकिने भएकाले होस्टल खोज्ने प्रक्रिया झनै सहज हुने कम्पनीको दाबी छ ।
स्टुडेन्ट बुकिङ सिस्टम
एपमा नजिकका तथा मनपर्ने होस्टलहरू खोज्न, विवरण हेर्न र अनलाइनकै माध्यमबाट बेड बुक गर्न सकिने सुविधा थप गरिएको छ ।
स्मार्ट डोर बेल प्रणाली
डिजिटल डोर बेलमार्फत होस्टलमा प्रवेश गर्ने पाहुना वा विद्यार्थीको गतिविधि व्यवस्थापकको एपमा वास्तविक समयमा सूचित हुन्छ, जसले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १८ बिहीवार ०८:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको...

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

वि.सं.२०८३ असार १७ बुधवार ११:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो...

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ असार १७ बुधवार १०:५८

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार १७ बुधवार १०:४७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

अल्टिमा लाइफस्टाइलको फ्रेन्चाइज शोरुम अब जनकपुरधाममा

अल्टिमा लाइफस्टाइलको फ्रेन्चाइज शोरुम अब जनकपुरधाममा

वि.सं.२०८३ असार १७ बुधवार १०:४२

काठमाडौं । नेपालमै लोकप्रिय अडियो तथा मोबाइल एक्सेसरिज ब्रान्ड अल्टिमा...

पेट्रोल र डिजेलको घट्यो मूल्य

पेट्रोल र डिजेलको घट्यो मूल्य

वि.सं.२०८३ असार १७ बुधवार १०:३८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...