बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवालविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
वि.सं.२०८२ मंसिर १७ बुधवार
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ ।
पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको अभियोग लगाइका सिलवाललाई विशेष अदालतले सफाइ दिएपछि यसविरुद्ध अख्तियार सर्वोच्च अदालतमा गएको हो ।
सिलवालविरुद्ध अख्तियारले झुटा विवरण पेस गरेर नियुक्ति लिएको र नागरिकता किर्ते गरेको अभियोगमा लगाउँदै गत मङ्सिर २४ रिट दर्ता गराएको थियो।
२०८० मै साउन १५ गते नै अवकाश हुनुपर्नेमा उमेर ढाँटेर जागिर खाएको जिकिर गर्दै उनी विरुद्ध सो अवधिको तलब तथा सुविधा फिर्ताको माग दाबी समेत गरिएको थियो । तर गत फागुनमा विशेष अदालतले गत फागुनमा सिलवाललाई सफाइ दिएको थियो । विशेषले सफाइ दिँदा लिएको आधार नमिलेको भन्दै अख्तियारले पुनरावेदन गरेको हो ।
प्रकाशित समय : १७:५८ बजे





















