back

क्यामरासँग जीवन गाँसेका सार्कीको कथाः जो फोटो खिचेरै मासिक ५० हजार कमाउँछन्

अहिलेको प्रविधिको युगमा मानिसहरु नयाँ ठाउँ घुम्ने, फोटो खिच्ने, टिकटक, रिल बनाउने प्रबृतिको हावी छ।

बाजुरा । मानिसका लागि कुनै पनि पेशा वा व्यवसाय सानो–ठूलो हुँदैन् । सानो पेशाबाटै ठूलो आम्दानी गर्न सकिने प्रशस्त सम्भावनाहरु छन् । मान्छेमा इच्छाशक्ति र कर्म गर्ने अठोट भए स्वदेशमै रोजगारीका पाटाहरु धेरै भेटिन्छन् ।

व्यक्तिको सफलता, उसको इच्छाशक्ति र कर्ममा भर पर्छ । कर्म र इच्छाशक्तिले व्यक्तिको जीवन बदल्छ । जसबाट नयाँ उर्जा, उत्साह प्राप्त हुन्छ । हरेक सीप, अनुभव र योग्यता बटुल्ने काम व्यक्तिको इच्छाशक्तिले गर्छ । इच्छाशक्तिले व्यक्तिको जीवनमा नौलो परिवर्तन ल्याउन मद्दत गर्छ ।

बाजुरा जस्तो विकट, सेवा सुविधाबाट प्रताडित र अनगिन्ती समस्या र कठिनाइका बिच हातमा क्यामरा समातेर कुशल कर्मशिलताको ज्वलन्त उदाहरण बनेका छन्,बाजुराका जीवन सार्की । सार्की समुदायका युवा जसले हातमा क्यामरा समातेर फोटो खिच्दै आफ्नो मात्रै हाइन् सिंगो समूदायको पहिचान स्थापित गराएका छन् ।

नाम जस्तै जीवनमा परिवर्तन ल्याउन उनले इच्छाशक्तिका साथ मेहेनत र संघर्ष गरेका छन् । बाजुराको जगन्नाथ गाउँपालिका–६ बैशारुख घर भएका उनको हाल सदरमुकाम मार्तडीमा बसोबास छ ।

सामान्य परिवारमा जन्मेका जीवनको संर्घष र प्रेरणाको कथा छुट्टै छ । सपनाभित्र झिलिमिलि बनेको इच्छा चाहना उनले नकार्न सकेनन् ।  उनको इच्छाचाहना र कर्मले अहिले उनको दैनिकी क्यामरासँग जोडिएको छ । २६ बर्ष टेकेका उनी बाजुरा क्याम्पसमा अध्ययनरत छन् । ब्याचलर पूरा गरि मास्टर भर्नाको तयारीमा छन् ।

तर अध्ययन भन्दा पनि उनको दैनिकी क्यामरासँग जोडिएको छ । तर पढाइ भने छाडेका छैनन् । पढाई संगसंगै आत्मनिर्भर हुन उनले २०७५ मा मार्तडीमा ‘ए वान’ फोटो स्टुडियो सञ्चालनमा ल्याए । जुन स्टुडियोबाट फोटा खिच्ने, फोटोकपी गर्नेलगायत अनलाइन सम्बन्धी काममा दैनिकी चल्यो ।

आमाबुबा, भाईहरु र साथमा जीवन संगीनी एवं छोराको लालनपालन सम्पूर्ण घरपरिवार धान्ने उनको काँधमा थियो । सानो स्टुडियोबाट सबै घरपरिवार धान्न उनलाई निकै अप्ठ्यारो पर्यो । उनले केही नयाँ विकल्पका साथ अघि बढ्न सोच बनाए । अहिलेको प्रविधिको युगमा मानिसहरु नयाँ ठाउँ घुम्ने, फोटो खिच्ने, टिकटक, रिल बनाउने प्रबृतिको हावी छ।

यहि अवस्थालाई मध्यनजर गरेर जीवनले मार्तडीमा फोटो सुट गर्ने कुनै ठाउँ बनाउने योजना बनाए । दृढ इच्छाशक्तिका साथ उनले विभिन्न ठाउँमा गएर फोटो सुट गर्न थाले । फोटा खिचेर आम्दानी गर्न सकिन्छ भन्ने जानकारी पश्चात् उनले यो विधि अपनाए । तर यसबाट पनि उनी खासै सन्तुष्ट भएनन् । अनेकथरी बाधा, अड्चन आउँन थाले।

तर हार नमानेर उनी दृढ संकल्पका साथ अघि बढे । उनले व्यवसायिक रुपमा फोटा खिचेर केही आम्दानी गर्नुपर्छ भनेर आफ्नै लगानीमा बडीमालिका नगरपालिका नजिकै जग्गा भाडामा लगे । जहाँ उनले फोटो सुट गर्ने ठाउँ बनाए ।

अहिले उक्त ठाउँमा दिनहुँ एक सय बढिको फोटो खिच्न युवायुवतीहरु आउने गरेका छन्। फोटो खिचेर संकलन गरेकै रकमबाट मासिक पाँच हजार जग्गा भाडा लगायत दैनिक खानपिन र  घर खर्च चल्ने गरेको जीवन बताउँछन् ।

सुरुमा सबैले अवहेलना गरेकोमा अहिले सबैले प्रेरणा गर्न थालेको सार्कीको भनाइ छ । उनले भने, ‘फोटो खिचेको पच्चिस र भिडियोको साठ्ठी रुपैंयाँसम्म लिने गरेको छु । जसबाट दैनिक पन्ध्र सय देखि न्यूनतम दुई हजार हुने गर्छ । सिजनको समयमा दिनको पाँच हजारसम्म कमाइ हुने गरेको छ ।’

मेला महोत्सव तथा कुनै पर्वमा राम्रो कमाई हुने गरेको सार्कीको भनाई छ । उनले मासिक न्यूनतम ५० लेखि ६० हजार कमाई हुने गरेको दाबी गरे । जसबाट उनले भाइलाई काठमाडौंमा पढाइ रहेका छन् । श्रीमती र छोरालाई समेत पढाउँदै आफू पनि पढिरहेका छन् । क्यामरा नै अहिले जीवनको साहारा बनेको उनको भनाइ छ ।

गर्न खोज्यो भने हरेक चिज नेपालमै सम्भव रहेको बताउँदै जीवनले सर्वप्रथम आफ्नो इच्छाशक्ति र कर्ममा जोड दिन आवश्यक रहेको बताए । सम्पूर्ण युवाहरुलाई विदेश पलायन हुनुभन्दा पनि आफ्नै माटोमा केही गर्ने अठोटका साथ लाग्न उनी प्रेरित गर्छन् । आफू आफ्नो ठाउँमै बसेर केही गर्छु भन्ने उदेश्यले यस्तो पेशा अगाँलेको उनले बताए ।

जीवनले मार्तडीमा सञ्चालन गरेको ‘नमस्ते ढोगदियामा’ फोटो खिच्नेको लर्काे लाग्ने गरेको छ । उनी कहिले विरेखोला, कहिले वरपरका डाँडाकाडा तथा बजारमै बसेर फोटो सुट गर्ने गरेका छन् । ‘नमस्ते ढोगदियामा’ स–साना बालबालिकादेखि बुढापाखाहरु पनि खिच्न आउने गरेको उनको भनाइ छ । १० बर्षदेखि ६० बर्षसम्मका व्यक्तिहरु स्टुडियोमा छिरेर फोटा खिचाउने गरेको जीवनको भनाई छ ।

उनको त्यो सानो पेशा अहिले चुलिएको छ । उनको व्यवसायले कर्मशिलताको पाठ सिकाएको छ । स्वदेशमै बसेर पनि केही गर्न सकिन्छ भन्ने कुरा उनको व्यवसायले दर्साउछ । खाली बसिरहेका युवाहरुले उनबाट पाठ सिक्नुर्ने देखिन्छ । रोजगारीका अवसर छैनन्,भन्नेहरुले यस्तै अन्य कुनै पेशा, व्यवसाय सञ्चालन गर्न जरूरी रहेको जीवन बताउँछन् ।

अरुको कुरा काटेर दिनभर बरालिएर हिड्नेहरुलाई आफ्नै ठाउँमा केही व्यवसाय गरेर कर्मशिल बन्न उनी सुझाव दिन्छन । उनी भन्छन् ‘देशमा रोजगारीका अवसर छैनन्,भन्न मिल्दैन् । तर कर्म गर्न आवश्यक छ । मान्छे सानो पेशा गर्न लजाउँछन्। तर सानो पेशाबाट पनि सबै सामु प्रेरणात्मक र उदाहरणीय बन्न सकिदाँ रहेछ ।’

nactional life
Corporatebazar 11 Anniversary

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु

वि.सं.२०८२ माघ २६ सोमवार १२:२५

जनकपुरधाम । मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ (हिजो) आइतबारदेखि सुरु...

पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

वि.सं.२०८२ माघ २४ शनिवार १९:३४

ललितपुर । ललितपुरको पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिर परिसर विहानैदेखि मानिसहरूको...

नेपालको ठूलाे गहिराे सुन्दर रारा ताल (तस्विरहरू)

नेपालको ठूलाे गहिराे सुन्दर रारा ताल (तस्विरहरू)

वि.सं.२०८२ माघ १९ सोमवार १९:२५

रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो। यो...

पुस्तक चर्चाः गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

पुस्तक चर्चाः गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १६:४५

काठमाडौँ । नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्बिरहरु)

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्बिरहरु)

वि.सं.२०८२ मंसिर १६ मंगलवार ०९:४४

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर महादेवको...

पोखराको डेभिस फल्स – पातले छाँगो (तस्विरहरु)

पोखराको डेभिस फल्स – पातले छाँगो (तस्विरहरु)

वि.सं.२०८२ असोज २२ बुधवार ०९:५६

कास्की जिल्लाको सुन्दर सहर पोखरामा अवस्थित डेभिस फल्स जमीनको सतहभन्दा...