सुन र चाँदीको मूल्य बढ्यो
वि.सं.२०८२ मंसिर ३ बुधवार
काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले र चाँदी ६० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात मंगलबारको बजारमा प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित समय : ११:०७ बजे





















