back

मन्त्रिपरिषद्को निर्णय : जेनजी घाइतेलाई राहत, मुस्ताङ प्रवेश शुल्क ५० डलर

काठमाडौं । सरकारले सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई हजार ४२९ जनालाई जनही रु १५ हजार तत्काल राहत रकम उपलब्ध गराउने भएको छ ।

आजको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

सरकारले माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकको लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति दिन, प्रतिव्यक्ति ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम हुनेगरी अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी डलर र स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने करिब २.१ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकृत गर्ने सरकारको निर्णय छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनःसंरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेस गर्न प्रकाशजङ केसी (काठमाडौँ) को संयोजकत्वमा ‘नेपाल स्टक एक्सचेन्स लिमिटेडको पुनःसंरचनासम्बन्धी सुझाव समिति २०८२’ गठन गर्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिनुभयो।

सरकारका प्रवक्ता खरेलले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको बताउनुभयो । सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा कल्पना कुमारी श्रेष्ठ (नवलपरासी) लाई तोक्ने निर्णय सरकारको छ ।

nactional life
Corporatebazar 11 Anniversary

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३६

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३१

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:१५

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई...

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको...

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:४८

सिरहा । सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा भारतीय...