सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
वि.सं.२०८२ कात्तिक ३० आइतवार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।
बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने करसहित) गरी जम्मा १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
प्रकाशित समय : ११:२४ बजे





















