back

धितोपत्र बोर्डले बनायो पूँजी बजार सुधार योजना, कुन मितिमा कुन काम हुन्छ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजार सुधार कार्यदलले दिएको सुझाव कार्यान्वयन कार्य योजना बनाएको छ। आइतबार लगानीकर्ताले सुझाव तत्कालै कार्यान्वयन गर्नु पर्ने भन्दै बोर्ड घेराउ गरेपछि उक्त कार्य योजना सार्वजनिक गरेको हो।

धितोपत्र बोर्डको भागमा तत्काल गर्नु पर्ने ९ वटा काम परेका छन्। धितोपत्र बोर्डको भागमा परेको सबैभन्दा पहिलो काम धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोबार प्रणाली कार्यान्वयन गर्ने छ। त्यसको लागि एक अध्ययन समिति बनेको छ। यसले रिपोर्ट दिने बित्तिकै त्यसलाई कार्यान्वयनमा लैजाने कार्य योजनामा छ। कार्तिक मसान्तसम्म उक्त काम भइसक्ने समय सीमा तोकिएको छ। दोस्रोमा सिडिएस तथा क्लियरिङ्ग लिमिटेडबाट प्रदान गरिने आइजिन सम्बन्धमा एकरूपता कायम गर्न निश्चित मापदण्ड तय गरी लागु गर्ने भन्ने छ। त्यसको पनि निर्देशिका बनेर आइसकेको छ। त्यसलाई स्वीकृत गरेपछि उक्त विषय पनि सकिने कार्य योजनामा उल्लेख छ। उक्त विषय पनि आउने कार्तिक मसान्तसम्म लागु भइसक्ने समय सीमा तोकिएको छ।

सङ्गठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित सङ्गठित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था गर्ने विषयमा बोर्डले तत्कालै सूचीकृत कम्पनीहरूलाई निर्देशन दिने उल्लेख छ। जसलाई बोर्डले तुरुन्त निर्देशन दिने कार्य योजनामा भनिएको छ।

चौथोमा धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताले समयमै खरिद आदेश बमोजिमको रकम भुक्तानी गर्न नसकेमा वा धितोपत्र दलाल व्यवसायीले समयमा लगानीकर्तालाई भुक्तानी गर्न नसकेमा उक्त रकमबाट सृजित दायित्व वा प्रतिफल भुक्तानी सम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्ने भन्ने छ। त्यसको लागि बोर्डले समयमा नै रकम लेनदेन हुन नसक्दा उक्त रकमबाट सृजित दायित्व वा प्रतिफल सम्बन्धी बेन्चमार्क दरका सम्बन्धमा अविलम्ब अध्ययन गरी उक्त व्यवस्थामा एकरूपता कायम गर्ने उल्लेख छ। जसको लागि आउँदो मङ्सिर १५ गतेसम्मको समयमा तोकिएको छ। बोर्डको निर्देशन पछि ब्रोकरलाई भुक्तानी दिन ढिला भए लगानीकर्ताले ब्याज सहित तिर्नु पर्ने छ भने ब्रोकरले ढिला गरे लगानीकर्तालाई ब्याज सहित दिनु पर्ने छ।

लगानीकर्ताले दुई वा सो भन्दा बढी हितग्राही खाता खोल्न सक्ने व्यवस्था गर्ने सम्बन्धमा धितोपत्र बोर्डले सिडिएससीलाई निर्देशन दिइसकेको उल्लेख छ। कार्तिक १५ सम्म उक्त काम पनि सकिने कार्य योजनामा उल्लेख छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीकृत कम्पनीहरूको वित्तीय सबलता,तरलता तथा संस्थागत सुशासनको अवस्थाका आधारमा गर्ने वर्गीकरण वस्तुनिष्ठ बनाउने तथा उक्त वर्गीकरण पश्चात् जेड समूहमा पर्ने कम्पनीहरूको कारोबार गर्दा शतप्रतिशत नगद मार्जिन लिनुपर्ने व्यवस्था गर्ने सुझावमा बोर्डले नेप्सेलाई तुरुन्त निर्देशन दिने उल्लेख छ।

लगानीकर्ताको समस्या तथा गुनासो तत्काल सम्बोधनका लागि आवश्यक गुनासो व्यवस्थापन संयन्त्रको स्थापना गरी सञ्चालनमा ल्याउने र लगानीकर्ताहरूमा पुँजी बजार सम्बन्धी साक्षरताको लागि विभिन्न प्रशिक्षण तथा कार्यशाला सञ्चालन गर्ने विषय अहिले पनि रहेकोले त्यसलाई थप प्रभावकारी बनाइने र सो काम तुरुन्त हुने बोर्डले जनाएको छ। धितोपत्र सम्बन्धी कसुरको जाँचबुझ समयमा प्रभावकारी ढङ्गले सम्पन्न गर्न संयन्त्रको स्थापना गर्ने विषयमा भने बोर्डले छुट्टै डेडिकेटेड संयन्त्र तुरुन्त बनाउने उल्लेख छ।

nactional life
Corporatebazar 11 Anniversary

नेप्सेको उतारचढावपूर्ण साता: परिसूचकमा झिनो सुधार, लगानीकर्तामा भने ‘पर्ख र हेर’ को स्थिति

नेप्सेको उतारचढावपूर्ण साता: परिसूचकमा झिनो सुधार, लगानीकर्तामा भने ‘पर्ख र हेर’ को स्थिति

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:४४

काठमाडौँ । साताको पहिलो कारोबार दिन पूँजी बजार (नेप्से) मा...

स्नो रिभर्सको आईपीओ बैशाख २९ देखि सर्वसाधारणका लागि खुल्ने

स्नो रिभर्सको आईपीओ बैशाख २९ देखि सर्वसाधारणका लागि खुल्ने

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:१४

काठमाडौं । स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि सर्वसाधारणका लागि...

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:४९

काठमाडौँ । बुक बिल्डिङ निर्देशिका बमोजिम प्राथमिक शेयर (IPO) निष्कासनका लागि...

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३८

काठमाडौँ । पुँजी बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको...

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०३

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन...