back
himalayan life

शेयर बजारमा दशैं प्रभाव, नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजारमा दशैंको प्रभाव देखिएको छ । यसदिन नेप्सेसँगै कारोबार रकमपनि घटेको छ ।

आज २.३५ अंकले घटेको बजार २६५२ अंकमा झरेको छ । यससँगै कारोबार रकम ३ अर्ब २६ करोड रुपैयाँमा खुम्चिएको छ ।

आज कुल ३२७ स्टकको ३ अर्ब २६ करोड ४ लाख ४० हजार ६०४ रुपैयाँको ७९ लाख ५३ हजार ७४० कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार बुधबार २६ अंकले घटेको बजारमा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ८६३ रुपैयाँको ९४ लाख ८ हजार ६६३ कित्ता शेयर कारोबार भएको थियो भने नेप्से २६५४.३५ बिन्दुमा रोकिएको थियो ।

आज कारोबारमा आएका कम्पनीहरु मध्ये १३९ कम्पनीको शेयर मूल्य घट्दा १०७ कम्पनीको शेयर मूल्य भने बढेको छ । यसदिन सेन्सेटिभ इन्डेक्स ०.१० अंकले घटेको छ । फलेट इन्डेक्स ०.२० अंकले घटेको छभने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०४ अंकले घटेको छ ।

यसदिन हिमस्टार उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६३ रुपैयाँले बढेर ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । प्रभु बैंकको डिबेन्चरको शयेर मूल्य प्रतिकित्ता ८८.८८ रुपैयाँले बढेर १८८९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज सिटि होटल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ७.५५ प्रतिशतले घटेर ६०० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, नारायणी विकास बैंकको शेयर मूल्य प्रतिकित्ता ५.८५ प्रतिशितले घटेर ७७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज कारोबार रकमका आधारमा नेपाल पुर्नबिमा कम्पनी शिर्ष स्थानमा रहेको छ । यस कम्पनीको ३० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । शेयर कारोबारका आधारमा युनियन हाइडड्रो पावर दोस्रो स्थानमा छ ।

आज यस कम्पनीको कुल १८ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै, हिमालयन रिइन्स्योरेन्स कम्पनीको ११ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.३६ प्रतिशत बढेको छ ।

यस दिन बैंकिङ्ग, लगानी र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य मात्रै बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशत घटेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

झिनो अंकले सेयर बजारमा गिरावट, यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

झिनो अंकले सेयर बजारमा गिरावट, यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...