back
Naima

डिजिटल रुपान्तरणमा ‘मबिल’ : बिल तिर्नदेखि व्यवस्थापनसम्मका काममा सहज

काठमाडौं । नेपालका रेष्टुराँ उद्योगदेखि सबै नवप्रवर्तनहरु एवम उद्योग व्यवसाय क्षेत्रमा बिलिङ लगायत सम्पूर्ण व्यवस्थापनका लागि ‘मबिल’ सफ्टवेयर आएको छ ।

नेपालका आतिथ्य व्यवसायहरूमा डिजिटल रूपान्तरण ल्याउने उत्प्रेरकका रुपमा बिलिङ र इन्वेन्टरी व्यवस्थापनजस्ता जटिल कार्यलाई सजिलो बनाउन र उत्कृष्ट भोजन अनुभव दिन ध्यान केन्द्रित गर्न यस्तो सफ्वेयर विकास गरिएको हो ।

‘मबिल’ सम्पूर्ण रेष्टुराँ प्वाइन्ट अफ सेल र बिलिङ सफ्टवेयर ‘थ्री जेनजी ग्रुप अफ स्टार्टअप’ ले नेपाल टेक मार्केटको मार्गदर्शनमा विकास गरेको सफ्टवेयरले आतिथ्य व्यवसायलाई सञ्चालन गर्ने तरिकामा क्रान्ति ल्याउने अपेक्षा गरेको छ ।

प्रयोगकर्ता–मैत्री इन्टरफेस र शक्तिशाली विशेषतासहित सफ्टवेयर स्थापित रेष्टुरेन्टदेखि नयाँ उद्यमीहरूसम्म सबैका लागि प्रविधिलाई अझ सजिलो र किफायती बनाउने बताइएको छ ।
‘मबिल’ केवल बिलिङ सफ्टवेयर मात्र होइन, यो एक सम्पूर्ण रेष्टुरेन्ट व्यवस्थापन समाधान हो । जसले सञ्चालनलाई सजिलो र कार्यक्षमता बढाउने काम गर्छ । यसको प्रमुख सुविधाहरू नेपाली रेष्टुराँहरूले भोग्ने समस्या र आवश्यकतालाई लक्षित गरेर तयार गरिएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

‘मबिल’ ले छिटो, सजिलो र भरपर्दो बिलिङ प्रक्रिया उपलब्ध गराउँछ । यसले ग्राहक सन्तुष्टि बढाउनुका साथै व्यस्त समयमा पनि कामलाई सहज बनाउँछ । ‘मबिल’ मोबाइल एपमार्फत अर्डर लिनु र व्यवस्थापन गर्नु सहज र वेटरले टेबलमै अर्डर इनपुट गर्दा किचनमा तुरुन्तै पठाइन्छ, जसले सेवा छिटो र सही बनाउँछ ।

यस्तो प्रणालीले प्रयोगकर्तालाई सामान्य लेजरहरू अभिलेख गराई, भौचर प्रविष्ट गर्न सुविधा प्रदान गर्दछ । यसले रेस्टुरेन्टको सम्पूर्ण आय र खर्च ट्रयाक गर्छ र ट्रायल ब्यालेन्स, आय विवरण जस्ता लेखा प्रतिवेदनहरू स्वचालित रूपमा तयार गर्छ ।

‘मबिल’ को स्टक व्यवस्थापन प्रणालीले सामग्री सजिलै ट्रयाक गर्छ र स्टक कम हुँदा वास्तविक–समय सूचना दिन्छ । यसले निर्णय क्षमता बढाउँछ र आपूर्ति–मागमा सन्तुलन कायम राख्छ । यसले मूल्य, दैनिक विशेष मेनु वा उपलब्धता तुरुन्तै परिवर्तन गर्न सजिलो बनाउँछ, जसका लागि मेनु पुनः छपाइ गर्नुपर्ने आवश्यक नपर्ने निर्माण कम्पनीको दाबी छ ।

‘मबिल’ नेपाल टेक मार्केटको उत्पादन हो । नेपाल टेक मार्केटले विहीबार मात्र म–बिल सार्वजनिक गरेको हो । नेपाल टेक मार्केटका आईसीटीविज्ञ चिरञ्जीवी अधिकारीले यो सफ्टवेयर उपयोगी भएको दाबी गर्छन् ।

सीटीओ मंगल कृष्ण प्रधान सहितको विका स टोलीले ‘नवीनतम प्रविधि’ को उपयोग गर्दै ‘प्रयोगकर्ता मैत्री अनुभव’ सिर्जना गरेको हो ।

यो परियोजना नेपालमा जेन–जेड पुस्ताले गरेको व्यवसायिक आन्दोलनको उदाहरणका रुपमा लिइएको छ । जसले ‘स्थानीय रूपमा कार्य, विश्वव्यापी रूपमा सोच’ भन्ने दर्शनलाई आत्मसात गरेको छ ।यसले बिलिङ र इन्वेन्टरी व्यवस्थापनजस्ता जटिल कार्यलाई सजिलो बनाउन मद्दत गर्नेछ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

क्लासिक टेकको ग्राहक वृद्धि ५६ प्रतिशत, शीर्ष आईएसपीलाई उछिन्यो

क्लासिक टेकको ग्राहक वृद्धि ५६ प्रतिशत, शीर्ष आईएसपीलाई उछिन्यो

वि.सं.२०८३ साउन ३१ आइतवार २१:०७

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस प्रतिवेदनअनुसार नेपालमा इन्टरनेट...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५३

काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा...

यती डिस्टिलरीको ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर

यती डिस्टिलरीको ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३९

काठमाडौं । यती डिस्टिलरी प्राइभेट लिमिटेडको आम्दानीमा सीमित ब्रान्डको उच्च...

र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३५

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको...

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...