back
Naima

कार्यकारी निर्देशक सिलवाल भन्छन् : मन्त्रीज्यूको निर्देशन कार्यान्वयन हुन्छ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पद्भार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै सिलवालले दुई वटा निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।

निर्णयहरुमा १०औँ तहभन्दा माथिका कर्मचारी सरुवा सञ्चालक समितिमा लाने व्यवस्था संशोधन गर्दै कार्यकारी निर्देशकलाई नै अधिकार दिन प्रस्ताव गरिएको छ । त्यस्तै आर्थिक नियमावली अनुसार ठूलो पुँजीका आयोजना र कामहरूको प्रतिस्पर्धापछि नापजाँच गर्नको लागि समिति बनेको छ ।
पदभारको क्रममा सिलवालले दशैँ र तिहारको नजिक रहेको भन्दै विद्युतलाई नियमित आपूर्ति गर्न र डेलिकेडेट र ट्रंक लाइनको पैसा उठाउने निर्देशन कार्यान्वयन गर्ने बताए ।

उनले भने, ‘दशैँ र तिहारको संघारमा छौं । यो बेला कसरी हुन्छ विद्युतलाई नियमित आपूर्ति गर्ने भन्ने पहिलो प्राथमिकता हो त्यसमा काम गर्छौ । योसँगै नवनियुक्त मन्त्रीज्यूले डेलिकेडेट र ट्रंक लाइनको पैसा उठाउन निर्देशन दिनुभएको छ । त्यो निर्देशनलाई कार्यान्वयन गर्नतिर हामी जान्छौ ।’
सिलवालले सेवा प्रवाहलाई चुस्त दुरुस्त र गति बढाउन पर्ने धारणा समेत राखे ।

‘मलै तीन चारवटा कुरा मनन गरेको छु, अहिलेको युवा पुस्ताले के खोजेको हो भने एउटा सिस्टम खोजेको हुन् । हामीले बाटो काट्दा पनि यसो हेर्यौ भने सटकर्ट खोज्छौ । उनीहरु जेब्राक्रसिङ खोज्छन् । यसलाई मनन गरेर हामीले दिनुपर्ने केहोसेवा प्रवाहलाई चुस्त दुरुस्त गर्नुपर्यो र सेवा सुविधाको गति बढाउन पर्यो,’ उनले भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:३४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको...

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२५

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी...

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४०

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन...

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

वि.सं.२०८३ साउन २८ बिहीवार १४:२२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा...