back

कृषकका स्याउ कुहिदैनन्, सहज रुपमा बजारीकरण गरिन्छ : ज्ञानकेन्द्र प्रमुख

nactional life

बाजुरा । कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसिराम साहानीले कृषकले उत्पादन गरेका स्याउ कुहिन नदिने बताएका छन् ।

बाजुराका स्याउ कृषकले आफ्नो बारीमा उत्पादन गरेका स्याउ कुहिन नदिई सहज रुपमा देशका ठुला शहरमा सहज बजारीकरण गरिने उनले बताए ।

ढुवानी नहुँदा चिन्तामा परेका कृषकहरुलाई ज्ञान केन्द्र प्रमुख साहानीले कुनै चिन्ता नलिन हुन आग्रह समेत गरेका छन् । कतिपय कृषकका स्याउ कर्णाली करिडोर हुँदै बजारीकरण भइरहेको र अन्य कृषकहरुका पनि स्याउ बजारीकरण गरिने बताएका हुन् ।

मार्तडी–कोल्टी सडकखण्ड खुल्न नसक्दा स्याउ बजारीकरणको लागि पर्खेका कृषकहरुको स्याउ अहिले ज्ञान केन्द्रको समन्वयमा कर्णाली करिडोर हुँदै बजारीकरण भइरहेको र ढुवानीमा रकम प्रक्रिया पुगिसके पछी कृषकहरुकै खातामा जम्मा गरिने साहानीले बताए ।

अहिले कृषकहरुलाई केन्द्रको समन्वयमा ढुवानी गर्न भनेका छौ,पछि ढुवानी भएर स्याउ विक्रिवितरण भइसकेपश्चात् स्याउ बजारीकरणको स्लिपलगायतका कागजात सङ्कलन गरि कृषकहरुकै हातमा रकम दिइने उनको भनाइ छ ।

कतिपय कृषकहरुले स्याउ बजारीकरणको लागि अझै निवेदन दिइरहेका छन् । निवेदन परेका आधारमा कृषकहरुका लागि स्याउ ढुवानी अनुदान रकम दिइने ज्ञान केन्द्र प्रमुख साहानीले बताए । एकहप्ताको लागि सूचना जारी गरेका छौं । २० बढि कृषकहरुका निवेदन परेका छन् । निवेदन पश्चात प्रक्रिया पूरा गरि ढुवानी रकम उपलब्ध गराइने उनको भनाइ रहेको छ ।

बाजुरामा गत बर्षको भन्दा यो बर्ष स्याउ उत्पादन घट्ने अनुमान गरिएको छ । बाजुरामा स्याउ उत्पादन हुने जम्मा ४२५ हेक्टर क्षेत्रफल रहेकोमा दुई सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ जहाँ  जम्मा १ हजार ६ सय मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ ।

बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको हिमाली,स्वामिकार्तिक,जगन्नाथ,बुढिनन्दा,गौमुल लगायतका पालिकामा स्याउ उत्पादन हुने गरेको छ।

हरेक बर्ष बाजुरामा राम्रो मात्रामा स्याउ उत्पादन भए पनि समयमै ढुवानी नहुँदा कुहिने गरेका छन् । कतिपयले बजारिकरण गर्न नसक्दा स्याउ काटेर गाईबस्तुलाई समेत दिने गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...

सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन : सचिव भुजेल

सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन : सचिव भुजेल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:१४

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव...

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

वि.सं.२०८३ जेठ २० बुधवार १०:२९

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका...

काठमाडौं महानगरमा बचत रकम फिर्ता गर्न ६ हजार बढीको उजुरी

काठमाडौं महानगरमा बचत रकम फिर्ता गर्न ६ हजार बढीको उजुरी

वि.सं.२०८३ जेठ १८ सोमवार १९:०६

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड...

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

वि.सं.२०८३ जेठ १७ आइतवार १२:३६

सुर्खेत । संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कर्णालीको...

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...