back

वीरेन्द्रनगरका १२ वटा वडाको एकीकृत कार्यालय, वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा

नगरपालिकाको झण्डै ३ करोडको क्षति

nactional life

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले १२ दिन पछि सेवा प्रवाह सुरु गरेको छ । जेन–जी आन्दोलनकारीले भदौ २४ गते वीरेन्द्रनगर नगरपालिकासहित १२ वटा वडा कार्यालयमा आगजनी र तोडफोड भए पछि नगरपालिकासहित वडा कार्यालयको सेवा ठप्प भएको थियो । सेवा प्रभावित भएको १२ दिन पछि आइतबारदेखि नगरपालिका कार्यालयबाटै सबै वडाको सेवा प्रवाह थालिएको नगर प्रमूख मोहनमाया ढकालले बताईन् ।

आगजनी र तोडफोड गरिएका वडा कार्यालयको पुर्ननिर्माण, मर्मत र पूर्वाधारहरुको तयारीका लागि समय लाग्ने भएकाले नगरबासीको सेवामा अवरोध हुन नदिन नगरपालिकाबाटै सेवा प्रवाह गर्न थालिएको नगरप्रमूख ढकाललेको भनाई छ । ‘वडा कार्यालयहरु बनाउन समय लाग्ने र सबै कागजातहरु पनि जलेर नष्ट भएकाले नगरपालिकाबाटै सेवा सुरु गरिएको छ’ उनले भनिन्, ‘हाललाई नगरपालिकाका केही कोठा र नगरपालिकासंगै जोडिएको जिल्ला समन्वय समितिका केही कोठा भाडामा लिएर नागरिकलाई सेवा दिईने छ ।’

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीमा नगरपालिका र वडा कार्यालयका जिन्सी तथा सवारीसाधनमा क्षति पुगेको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १ देखि १२ का सबै वडा कार्यालय जलेर ध्वस्त भएपछि सेवा प्रवाह रोकिएको थियो । वडा कार्यालयबाट हुने जन्म–मृत्युदर्ता, नागरिकता सिफारिस, कर संकलन जस्ता दैनिक कामहरुसमेत प्रभावित भएका थिए ।

नगरपालिकाको झण्डै ३ करोडको क्षति
भ्रष्टाचारविरुद्ध युवाहरूले गरेको आन्दोलनका क्रममा भदौ २४ गते वीरेन्द्रनगर नगरपालिका कार्यालयमा २ करोड ७५ लाख बराबरको क्षती भएको छ । वीरेन्द्रनगरका १२ वटा वडा कार्यालयको क्षती मुल्याङ्कन भई रहेको छ । यसले वीरेन्द्रनगरको क्षती धेरै बढ्ने अनुमान गरिएको छ । आन्दोलनमा उत्रिएका युवाहरूले नगरपालिका कार्यालयमा आगजनी र तोडफोड गरेका थिए ।

नगरपालिकाको भवन तथा कोठा, फर्निचर तथा फिक्चर्सका सामाग्री, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक, सवारी साधन तथा अन्य विद्युतीय उपकरण र सामाग्रीहरु गरी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट नगरपालिकाको दुई करोड ७५ लाखको क्षती भएको प्रारम्भिक अनुमान गरिएको नगरपालिकाका जिन्सी शाखा प्रमूख खड्क बहादुर केसीले जानकारी दिए ।

‘नगरपालिका मातहतको सिटी हलको क्षतीको विवरण पनि यसमा समावेश छ’ केसीले भने, ‘आन्दोलनका क्रममा नगरपालिकाका १२ वटा वडा जलाइएका छन्, वडाको क्षती मुल्याङ्कन भई रहेको छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...

जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२५

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले वडा न.१ जमल क्षेत्रमा...

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०९

काठमाडौं । नेपाल पुलिस क्लव, काठमाडौं मेयर कप स्वीमिङ च्याम्पियनसिपको...

गम्हरिया पोखरी सौन्दर्यीकरण अलपत्र, ठेकेदारसँग स्पष्टीकरण माग्दै ठेक्का रद्द प्रक्रियामा खडक नगरपालिका

गम्हरिया पोखरी सौन्दर्यीकरण अलपत्र, ठेकेदारसँग स्पष्टीकरण माग्दै ठेक्का रद्द प्रक्रियामा खडक नगरपालिका

वि.सं.२०८३ जेठ २४ आइतवार ११:०६

सप्तरी । खडक नगरपालिका वडा नं. ६ स्थित गम्हरिया पोखरी...

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

वि.सं.२०८३ जेठ १७ आइतवार १२:३६

सुर्खेत । संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कर्णालीको...

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...