back

तिजले छोप्यो, चुरा–पोतेको व्यापार चम्कियो

टिकटकबाटै डिजाइनहरु आउँछन् ।

काठमाडौं । हिन्दु नारीहरुको महत्वपूर्ण पर्व तिजले छपक्कै छोपेको छ । साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलहरुमा चहलपहल उसैगरी बढेको छ । देशभरका बजारमा रहेका साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलमा भीड बढ्दो छ । व्यापारी व्यस्त भएका छन् ।

काठमाडौं उपत्यकाको इन्द्रचोक, असन, न्यूरोड, मंगलबजार, लगनखेललगायतमा तिजको किनमेल गर्नेहरुको भीड बढेको छ । उसो त बा¥हैकाल व्यस्त रहने यि बजारहरुका साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलहरुमा महिलाहरुको बढी भीड देखिन्छ ।

पसलहरुमा कोहि नयाँ पोते उन्न, कोही मेहेन्दी र साडीका ब्रान्ड सजाउन व्यस्त देखिन्छन् । साउन लागेसँगै हरिया, पहेंला, राता रंगका चुरापोते किन्नेहरुको जमात बढेको छ । तिजका अवसरमा भने चुरा र पोते पसलहरु खचाखच देखिन्छन् । भनिन्छ चुरा–पोते लगाएर जब नारी श्रृंगारिएर ब्रत बस्छिन् उनको मनोकाक्षां पुरा हुने धार्मिक विश्वास पनि छ । त्यतिमात्र नभई अहिले महिलाहरुले साडीसँग चुरा र पोतेको रगं मिलाउन पनि बजारमा खोज्न जाने गरेको देखिन्छ ।

बजारमा चुरा–पोते व्यापार व्यवसाय भने फस्टाएको छ । व्यापारीहरु तिज र विवाहको सिजनमा खुशी समेत हुने गरेका छन् । काठमाडौं इन्द्रचोकमा ४५ वर्षदेखि पोतेको व्यवसाय गर्दै आएका अलिम मुदिमले हाल व्यापार सामान्य नै रहेको बताउँछन् ।

चीनबाट आयात हुने चुरापोतेको डिजाइन भने ग्राहकहरुकै सल्लाह अनुसार तयार गर्ने गरेको सुनाउँछन् । ‘टिकटकबाटै डिजाइनहरु आउँछन् । त्यसैबाट ग्राहकको सुझाव अनुसार डिजाइन बनाउछौं । बिहे र तिजको दुबै सिजनमा चुरापोतेको माग बढ्ने र विक्री समेत बढ्छ,’ उनले भने ।
अर्का व्यापारी महमद् मन्सुरले विगतमा जस्तो यसपाली व्यवसाय नभएको प्रतिक्रिया दिए । उनले एउटा पोतेको न्यूनतम मूल्य एकसय रुपैंयाँदेखि सुरु भइ ६ सयसम्म रहेको बताए ।

चुरापोते चीनबाट आयात भएपनि मालाका आइटहरु भने युरोपबाट पनि आउने गरेको उनले सुनाए। ‘चुरापोते पहिला जस्तो व्यापार व्यवसाय छैन् । पहिले व्यापार व्यवसाय ठिकै थियो अहिले खासै छैन्। पोतेको मूल्य एकसयदेखि ६ सय रुपैंयाँ पर्छ । त्यो भन्दा माथिको नेपाली बजारमा खासै विक्री हुँदैन् । तिजमा सिंगल पोते वा मालाहरु प्रयोग हुन्छ । विवाहको बेला छड्के र माइली तिलहरी बढी विक्री हुन्छ,’ उनले भने । त्यस्तै ४० बर्ष देखि चुरा तथा कस्मेटिकको सामग्रीको व्यापार गर्दै आएकी न्यूरोडकी पुर्णिमा दर्शनले तिजको बेलामा व्यापार व्यवसाय फस्टाएको प्रतिक्रिया दिइन् ।

उनले हिजोआज चुराको डिजाइनहरु टिकटिकबाटै आउने गरेको पनि सुनाइन । उनले चुराको मूल्य ५० देखि एक हजार रुपैंयाँसम्मका विक्री हुने गरेको पनि बताइन् । चाडपर्वका बेला चुरा–पोते, धागो र टिका बढी विक्री हुने गरेको बताइन् ।

nactional life
Corporatebazar 11 Anniversary

रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो

रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५७

रामेछाप । रामेछाप जोड्ने ३ वटा पक्की पुलको एकै पटक...

सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:०४

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ ,आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ ,आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...