back
himalayan life

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ: डेपुटी गभर्नर मिश्र

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक तथा वित्तीय क्षेत्रको विकासमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको शुक्रवार उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुने ।

यस्तै, उनले सही सूचनाको आजको आवश्यकता भएको पनि बताए । आर्थिक तथा वित्तीय क्षेत्र संवेदनशील भएकाले सही सूचनाका आधारमा समाचार लेख्नुपर्ने पनि उनले बताए ।

‘समाजमा गलत सूचना सम्प्रेषण नगरी सही सूचना सम्प्रेषण गर्नु पनि अहिलेको चुनौती हो,’ उनले भने । उनले सत्य तथ्य सूचनामा आधारित भएर समाचार लेख्नुपर्नेमा सुझाव दिए ।

उनले बैकिङ क्षेत्र संवेदशिल क्षेत्र भएकाले गलत सूचनाको असर छिटो देखिने भन्दै पत्रकारहरूलाई सही सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरे । अर्थतन्त्रमा वित्तीय क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको अवस्थामा यो क्षेत्रलाई असर पार्ने सूचनाले समग्र अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पार्ने बताए ।

अहिले आर्थिक पत्रकारितामा फरकपन देखिन थालेको उनले बताए । ‘यस्ता तालिम कार्यक्रमले आर्थिक पत्रकारहरूको क्षमता बढाउने सहयोग पुगेको छ । त्यसले आर्थिक पत्रकारितामा फरकपन आउन थालेको छ,’ उनले भने, ‘यद्यपि, आर्थिक पत्रकारहरूलाई नियमित रूपमा क्षमता अभिवृद्धि गर्न आवश्यक छ । नयाँ नयाँ तथ्याङ्क आइरहेका हुन्छन् । प्रविधि पनि नयाँ नयाँ आइरहेका छन् । त्यसका लागि पत्रकारहरूको नियमित रूपमा क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।’

अझै पनि कतिपय विषयवस्तु समाचारमा नआउने गरेको उनले बताए । ‘राष्ट्र बैंकले ९० अर्ब रुपियाँ निक्षेप तान्ने भनेर समाचार लेखिन्छ । बिडका क्रममा राष्ट्र बैंकले ७० अर्ब रुपियाँ मात्रै निक्षेप तान्छ । तर, त्यसको अपडेट समाचार भने आउँदैनन्,’ उनले भने, ‘यो उदाहरण मात्रै हो । राष्ट्र बैंकले ल्याउने अन्य विषयका तथ्याङ्कहरूको पनि समाचार देखिन्न ।’ यस्ता किसिमका तालिम कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्नुपर्ने बताउँदै उनले यसमा राष्ट्र बैंक पनि सहकार्य गर्न तयार रहेको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ९ मंगलवार ११:२०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

वि.सं.२०८३ असार ८ सोमवार १९:१७

काठमाडौं । स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा आफ्नो...

नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

वि.सं.२०८३ असार ८ सोमवार ११:४५

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ८ सोमवार ११:४४

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ...