back

विपद् कार्यकारी समितिको बैठकमा मनसुन तथा पूर्वतयारीबारे पाँच एजेण्डामा छलफल

काठमाडौं । विपद् कार्यकारी समितिको ३२ औं बैठकले मनसुनको पूर्वतयारी लगायत पाँचवटा प्रमुख एजेण्डामा छलफल गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टका अनुसार, पहिलो एजेण्डा अन्तर्गत अघिल्ला कार्यकारी बैठकमा भएका निर्णयहरूको समिक्षा गरिएको थियो ।

ती निर्णयहरू कार्यान्वयनको अवस्थाबारे छलफल गर्दै आगामी योजनालाई अझ प्रभावकारी बनाउन सुझावहरू पनि प्रस्तुत गरिएका थिए ।

दोस्रो एजेण्डामा, आगामी मनसुनको तयारी र त्यससँग सम्बन्धित प्रतिकार्य योजनाबारे चर्चा गरिएको थियो । प्रमुख भट्टले बताए अनुसार, यस वर्ष मनसुन अपेक्षाकृत तीव्र हुने अनुमान गरिएकाले राष्ट्रिय कार्य योजना पारित भइसकेको समेत बताए ।

उनले भने, ‘आजको बैठकमा पाँच वटा एजेण्डामा छलफल भएको थियो । जसमध्ये पहिलो  चाँही यो भन्दा पहिले वर्षको कार्यकारी बैठकले के के निर्णय गरेको थियो  र त्यसको काम कहाँ पुगेको छ भनेर समिक्षा गर्ने काम भयो । दोस्रो चाँही अहिले  मनसुन छिट्टै आउँदैछ । यो वर्ष मनसुन बढी पनि छ । मनसुनको बेला प्रतिकार्य गर्ने जुन योजना छ त्यो राष्ट्रिय कार्य योजना पास भएको छ । त्यसैगरी चोभारमा जुन गत वर्ष जाम भएर बहाव अवरुद्ध हुन गैइ जुन डुबान भएको थियो  त्यो  यो वर्ष नहोस् भन्नका लागि सहरी विकास मन्त्रालयको नेतृत्वमा नेपाली सेनाले कार्य गरी त्यहाँ भएको केही अवरोधहरु हटाउने भन्ने निर्णय भयो । ’

बैठकका बाँकी एजेण्डाहरूमा अन्य सम्भावित प्राकृतिक प्रकोपहरूको तयारी, समन्वय अभिवृद्धि तथा विपद् व्यवस्थापनको दीर्घकालीन रणनीतिहरूबारे पनि छलफल भएको जनाइएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो

रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५७

रामेछाप । रामेछाप जोड्ने ३ वटा पक्की पुलको एकै पटक...

सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:०४

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ ,आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ ,आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...