back

अध्यादेश मार्फत बजेट प्रस्तुत, भोलि सर्वेक्षण र पर्सि प्रस्तुत

nactional life

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८ ०८९ को बजेट पर्सि (शनिबार) सिंहदरबारबाटै प्रस्तुत गर्ने भएको छ । ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाटै प्रस्तुत गर्ने भएको छ ।

अर्थ मन्त्रालयले भोलि शुक्रबार दिउँसो २ बजे चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिसकेपछि पर्सि नयाँ आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्ने तयारी गरेको हो । मन्त्रालयले बजेट प्रस्तुत गर्नुअघि चालू आर्थिक वर्षको वित्तीय स्थिति मूल्यांकन गरेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुपर्ने हुन्छ । सोही अनुरुप भोली आर्थिक प्रतिवेदन सार्वजनिक हुने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकाले आगामी आवको बजेट सरकारले अध्यादेशबाट ल्याउन लागिएको छ । साथै कोभिडको कारणले गर्दा मन्त्रालयले पर्सि मध्यान्न २ बजे भर्चुअल माध्यमबाट आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने छ ।

आगामी आवको बजेट विशेषगरी कोभिड–१९ लाई पुनरुत्थान गर्नेगरी बजेट निर्माण गरिरहेको छ । पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ता बढाउने उद्घोष गरिसकेका छन् । प्रधानमन्त्री ओलीले कर्मचारीको तलब भत्ता समेत बढाउने बताएका छन् ।
यद्यपी प्रधानमन्त्रीले नै उद्घोष गरेपनि घोषणा गरेर बृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता बढाइने भनेपनि कर्मचारीको तलबको विषयमा यकिन हुन नसकेको अर्थ स्रोतले जनाएको छ ।

अध्यादेशमार्फत बजेट ल्याउन नमिल्नेः कानूनविद्

६ वर्षअघि नयाँ संविधान लागू भएपछि पहिलो पटक अध्यादेशबाट बजेट सार्वजनिक हुन लागेको छ । यसअघि नियमित प्रक्रियाबाट बजेट जारी हुँदा सुरुमा राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने पद्धति थियो । यो वर्ष भने सरकारको नीति तथा कार्यक्रम प्रकाशित हुन सकेको छैन ।

संविधानमा जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था भएबमोजिम सरकारले यो वर्ष अध्यादेशबाट बजेट ल्याउन लागेको हो । कतिपय कानूनविद र अर्थशास्त्रीले भने साउनेदेखि कार्यान्वयन हुने बजेट अहिले अध्यादेशबाट ल्याउन नहुनेभन्दै विरोध जनाउँदै आएका छन् । उनीहरुले अदालतबाट संसद पुनःस्थापना हुनसक्ने तर्क राख्दै अध्यायदेश मार्फत बजेट ल्याउन नहुने बताएका हुन् ।

यद्यपि, कतिपय विश्लेषकहरु भने संविधानले दिन नै तोकेर दिएको निर्देशनको अवहेलना गर्नु नहुने बताउँछन् । नेपाल उद्योग बाणिज्य महासंघका उपमहाप्रबन्धक गोकणर् अवस्थि भन्छन्, ‘हामीले संवैधानिक व्यवस्थालाई भत्काउन सुरु गर्नु हुन्न । निर्धारित समयमै बजेट आउनुपर्छ ।’ संसद नभएको समयमा अध्यादेशमार्फत् कानून ल्याउन पाउने सरकारको अधिकार सुनिश्चित भए पनि बजेट ल्याउने दिन परिवर्तन गर्न संविधानले छुट नदिएको उनले बताए ।

अर्थ मन्त्रालयका अधिकारीहरु पनि निर्धारित समयमा बजेट नल्याइए प्रदेश र स्थानीय सरकारको बजेटसमेत प्रभावित हुने भएकाले ढिलाइ गर्न नसकिने बताउँछन् । प्रादेशिक सरकारहरुले असार १ मा र स्थानीय सरकारहरुले असार १५ मा बजेट ल्याउने व्यवस्था छ । यी सबै ७६० सरकारको बजेट बनाउन पनि संघीय सरकारको बजेट जरुरी हुन्छ । केन्द्रको बजेट रोकिदिँदा सबै संरचनाको खर्च व्यवस्था प्रभावित हुने भएकाले बजेटलाई पछि सार्न नसकिने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

त्यसो त, भोलि शुक्रबारसम्म अदालतले संसद पुनःस्थापना गरेको अवस्थामा सरकारले संसदमै बजेट प्रस्तुत गर्नसक्ने संभावना पनि बाँकी नै छ । सर्वोच्च अदालतमा संसद विघटनबारेको मुद्दा प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराले आजैबाट हेर्ने छन् । यसले भोलिसम्म केही फैसला आउने संभावना बाँकी नै छ ।

अहिलेकै स्थितिमा भने सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ । बजेटका पूर्वतयारीको काम लगभग सकिएको र अब भाषण लेख्ने काम सुरु भएको सल्लाहकार केसीले बताए । उनले संविधानमा आंशिक बजेट ल्याउने व्यवस्था नभएकाले पूणर् आकारको बजेट बनाइँदै गरेको जानकारी दिए ।

२०७८ जेठ १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ असार २ मंगलवार ०९:३७

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...