back

सरकारले जापानी अनुदान सहायता स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन करिब रु.५३ करोड ७६ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार जेठ १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारि दिएका छन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु :
१) जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन करिब रु. ५३ करोड ७६ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने,
२) बाफिकोट खुंग्री १३२ के.भी. प्रसारण लाइन आयोजनाको लागि ३.२७८ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने,
३) मिति २०८२ जेष्ठ १९ २३ गतेसम्म फिलिपीन्सको, मनिलामा आयोजना हुने 2025 Asia Clean Energy Forum कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा) लाई सहभागी हुन स्वीकृति दिने ।
४) नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा. कृष्ण प्रसाद तिम्सीनालाई नियुक्त गर्ने,
५) नेपाल कृषि अनुसन्धान परिषद् र गणतन्त्र कोरियाको Rural Development Administration बीच हस्ताक्षर हुने नेपालको कृषि क्षेत्रमा अनुसन्धान र प्रविधि हस्तान्तरणमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने ।
६) हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा २०८२ जेठ १४ गतेदेखि १८ गतेसम्म पर्यवेक्षकका रूपमा सहभागी हुन माननीय परराष्ट्र मन्त्रीलाई स्वीकृति प्रदान गर्ने ।
७) नेपाल सरकारको नाममा दर्ता रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला साविक सुनवल गा.वि.स. वडा नं. ९ को ०–१८–५ विघा जग्गा महाकवि देवकोटा क्याम्पस सुनवल, नवलपरासीलाई लिजमा उपलब्ध गराउन स्वीकृति दिने ।
८) कालिगण्डकी कोरिडोर (गैंडाकोट– राम्दी– मालढुङ्गा) सडकअन्तर्गतको राम्दी – रानीमहल सडक खण्ड तथा हार्मीचौर– बलेवा – मालढुङ्गा सडक खण्डमा सडक स्तरोन्नति गर्ने क्रममा सडक रेखाङ्कन भित्र पर्ने तथा सडक स्तरोन्नति गर्दा क्षति हुने २७ वटा घरटहराहरूको क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने,
९) रानी – विराटनगर – इटहरी –धरान सडक योजनाअन्तर्गत जिल्ला सुनसरी, साविक दुहवी – ८ख मा ० –४ –१७ विघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने,
१०) काठमाडौं –तराई र मधेश द्रुतमार्ग सडक आयोजनालाई दक्षिणकाली न.पा., गोदावरी न.पा, बागमती गा.पा, भीमफेदी गा.पा र बकैया गा.पा मा करिब २१३ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने,
११) नेपाली सेनाका एक जना सहायक रथी र एक जना महासेनानीको पदावधि थप गर्ने । साथै, तीन सहायक रथी र एक महासेनानी पदमा बढुवा गर्ने,
१२) वीरेन्द्रनगर नगरपालिका, सुर्खेतलाई भेरी पम्पिङ्ग उपआयोजनाको पहुँच मार्ग निर्माणको लागि लेकवेसी नगरपालिका वडा नं.१० मा रहेको राष्ट्रिय वनको १.१५ हेक्टर जग्गा प्रयोग गर्न दिने,
१३) नेपाल सरकार र दक्षिण कोरिया सरकारबिच हस्ताक्षर हुने रोजगार अनुमति प्रणाली (इ.पि.एस.) मार्फत नेपाली नागरिकलाई रोजगारीका लागि गणतन्त्र कोरिया पठाउनेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने ।
१४) नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७५ खारेज गर्ने ।
१५) अर्जुनधारा नगरपालिका, झापालाई जापानको इवाते प्रान्तस्थित तोनो सहरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।
१६) ललितपुर महानगरपालिकालाई संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित ब्रुमफिल्ड सहरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।
१७) खाँदबारी नगरपालिका, संखुवासभा, फुङलिङ नगरपालिका, ताप्लेजुङस छायाँनाथ रारा नगरपालिका, मुगु, वेदकोट नगरपालिका, कञ्चनपुर, भंगहा नगरपालिका, महोत्तरी, भेरीगंगा नगरपालिका, सुर्खेत, बारपाक सुलीकोट गाउँपालिका, गोरखा, सिमकोट गाउँपालिका, हुम्ला, के.आई. सिंह गाउँपालिका, डोटी, पुनर्वास नगरपालिका, कञ्चनपुर, जैमिनी नगरपालिका, बाग्लुङ, कमलबजार नगरपालिका, अछाम दोधारा चाँदनी नगरपालिका, कञ्चनपुर फलेवास नगरपालिका, पर्वत सिरीजङ्घा गाउँपालिका, ताप्लेजुङ र कैलाश गाउँपालिका, मकवानपुरलाई विभिन्न आयोजना सञ्चालनको लागि जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने ।
१८) जल तथा उर्जा आयोगको सचिवालय र अन्तर्गतका कार्यालयहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने । साथै, जलस्रोत अनुसन्धान तथा विकास केन्द्र खारेज गर्ने ।
१९) निजामती सेवा पुरस्कार सिफारिस समितिमा नेपाल सरकारका सचिवहरूमध्येबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शासकीय मामिला क्षेत्र हेर्ने सचिव र विशिष्ट श्रेणीबाट सेवा निवृत्त कर्मचारीमध्येबाट पूर्वसचिव डा. गोपीकृष्ण खनाललाई सदस्य तोक्ने ।
२०) विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईं, काभ्रेपलाञ्चोकलाई नियुक्त गर्ने ।
२१) २०८२ असार ३ गतेदेखि ५ गतेसम्म Israel को Tel Aviv मा आयोजना हुने MUNIEXPO सम्मेलनमा शहरी विकास मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
२२) खाद्य प्रणाली रूपान्तरणको रणनीतिक योजना (२०८१,८२ – २०८६, ८७) स्वीकृत गर्ने ।
२३) राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।
२४) सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।
२५) सार्वजनिक सेवा प्रसारण नियमावली, २०८२ स्वीकृत गर्ने ।
२६) नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव श्री भुपाल बराललाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुखसचिव पदमा पदस्थापन गर्ने ।
२७) नेपाल इञ्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा श्री दिनानाथ मिश्रलाई बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने ।
२८) निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गर्ने ।

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...