back

बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

nactional life

काठमाडौँ । नेपाली कांग्र्रेसका युवा नेता जीत शेरचन र समाजसेवी विपिन मल्लको पहलमा ‘नेपाल हेरिटेज च्यारेटी फाउण्डेशन अफ विसी क्यानडा’ले बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई चार लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । पश्चिम बागलुङको प्रमुख स्वास्थ्य संस्थाका रुपमा रहेको उक्त केन्द्रमा कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेसन सञ्चालित छ ।
केन्द्रमा आयोजित कार्यक्रममा शेरचनले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कोरोना महामारीविरुद्धको लडाइमा अत्यावश्यक उपकरण अक्सिजन कन्सन्ट्रेटर तीन, अक्सीमिटर २५, मास्क चार हजार थान, स्यानिटाइजर २० लिटर, सिटामोल आठ सय स्टिक र आइसोलेसन शय्याका लागि १५ थान तन्नालगायत गरी चार लाख बराबरको सामग्री प्रदान गरिएको शेरचनले बताए ।

उनका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि फाउण्डेशनका अध्यक्ष देवेन्द्र हमाल, सदस्य लोमश रेग्मी, हरिहर भण्डारी, राजु बज्राचार्य र राधा बरालले आर्थिक सहयोग गरेका हुन् । “कोरोना रोकथाम र उपचारमा सहयोग पु¥याउने अभियानमा छौँ, बुर्तिबाङ बजारका सर्वसाधारणलाई मास्क पनि वितरण ग¥र्यौँ”, उनले भने ।

ग्रामिण भेगका स्वास्थ्य संस्थाहरुलाई आवश्यक सहायता उपलब्ध गराउन आफूहरुको पहल र सक्रियता रहीरहने शेरचनको भनाइ छ । नगरप्रमुख नेपालीले विपद्को सामनाका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।

२०७८ जेठ १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...