back

राष्ट्रपति र प्रधानमन्त्रीविरूद्धका १९ रिट सर्वोच्चको पेशीमा

काठमाडौं । प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचन घोषणा प्रकरणका बारेमा सर्वोच्च अदालतमा दायर भएका १९ वटाको पेशी आज (बिहीबार) का लागि तोकिएको छ ।
राष्ट्रपतिबाट भएको प्रतिनिधि सभा विघटन बदर र संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट परेका थिए ।

यस सम्बन्धी कूल ३० वटा रिट परेपनि आजका लागि १९ रिटको पेशी तोकिएको हो ।

३० मध्ये ४ वटा रिटमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरिएको र बाँकी रिटमा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

विपक्षी गठबन्धनका तर्फबाट विघटित प्रतिनिधि सभाका बहुमत सांसदले दायर गरेको रिटमा भने कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरिएको हो ।

१९ वटा रिटमा प्रतिनिधि सभा विघटनलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।

२०७८ जेठ १३ गते प्रकाशित


कांग्रेसको अबको मूल एजेन्डा आर्थिक रुपान्तरण हुनेछ : थपलिया

कांग्रेसको अबको मूल एजेन्डा आर्थिक रुपान्तरण हुनेछ : थपलिया

वि.सं.२०८१ माघ १३ आइतवार ११:०६

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम उद्यमशीलता र साना...

विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १७:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका...

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:४५

विश्वविद्यालय, शिक्षक र विद्यालयहरु सुधार गर्न राजनीतिक दलहरुको चिन्तन नै...

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक प्रदान

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक प्रदान

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:४२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल...

आज सिद्धबाबा सुरुङ् मार्ग  ब्रेक थ्रु हुने

आज सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु हुने

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:५३

काठमाडौं । सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु (अन्तिम छेड्ने काम)...

अब हिमोफिलियाका बिरामीलाई महंगो औषधी निःशुल्क उपलब्ध गराइने 

अब हिमोफिलियाका बिरामीलाई महंगो औषधी निःशुल्क उपलब्ध गराइने 

वि.सं.२०८१ माघ १० बिहीवार १३:४८

काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क...