back

मनास्लुका क्याम्पस प्रमुख श्रेष्ठ क्याम्ब्रिज विश्वविद्यालयमा हुने कार्यक्रमका लागि प्रतिनिधि चुनिए

nactional life

काठमाडौं । काठमाडौंको चाविहल चुच्चेपाटीमा रहेको मनास्लु वल्र्ड कलेजमा क्याम्पस प्रमुख राजन श्रेष्ठ युनिभर्सिटी अफ क्याम्ब्रिज, बेलायतको क्लेयर कलेजमा हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा आंशिक छात्रवृत्तिसहित प्रतिनिधिको रूपमा चयन भएका छन् ।

कार्यक्रम सन् २०२५ अगस्ट २६ देखि ३० सम्म सञ्चालन हुने छ । शिक्षासेवीसँगै सामाजिक अभियन्तासमेत रहेका श्रेष्ठले आफूलाई प्रदान गरिएको यो राम्रो अवसर भएको बताएका छन् ।

ग्लोबल बिजनेस सिम्पोजियमद्वारा आयोजित उक्त कार्यक्रमले विश्वका उद्यमी, नेतृत्वकर्ता तथा पेशागत विज्ञहरूलाई एकै स्थानमा ल्याएर नेतृत्व, रणनीति, संगठन व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सञ्जाल निर्माणमा केन्द्रित प्रशिक्षण प्रदान गर्ने उद्देश्य राखेको छ ।

श्रेष्ठले आफूले त्यहाँ सिकेको सीप र ज्ञानलाई नेपालमा आएर लागू गर्ने पनि बताएका छन् ।

श्रेष्ठलाई आयोजक संस्थाले उनको क्षमता, सामाजिक योगदान, नेतृत्व कौशल र दीर्घकालीन लक्ष्यहरूका आधारमा छनोट गरिएको जानकारी दिएको छ । कार्यक्रम अवधिभर सहभागीहरूले कार्यशाला, प्रशिक्षण सत्र र नेटवर्किङ अवसरमार्फत ज्ञान तथा अनुभव आदानप्रदान गर्ने छन् ।

प्रतिनिधिका रूपमा श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रचार सामग्री तयार गर्नुका साथै सहभागितापश्चात भिडियो तथा लिखित प्रतिवेदन पेश गर्नुपर्ने छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बजेटले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको नेपाल–भारत उद्योग वाणिज्य संघको निष्कर्ष

बजेटले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको नेपाल–भारत उद्योग वाणिज्य संघको निष्कर्ष

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५७

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले आर्थिक वर्ष २०८३/८४ को...

सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो

सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो

वि.सं.२०८३ जेठ १७ आइतवार १२:२८

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ...

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

वि.सं.२०८३ जेठ १५ शुक्रवार १४:३७

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भन्दै...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:२८

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ...

निर्माण व्यवसायीहरूको मागप्रति उद्योग वाणिज्य महासंघको ऐक्यबद्धता, मूल्य समायोजन गर्न आग्रह

निर्माण व्यवसायीहरूको मागप्रति उद्योग वाणिज्य महासंघको ऐक्यबद्धता, मूल्य समायोजन गर्न आग्रह

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:१४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण सामग्री तथा इन्धनमा...

इप्पानले भेट्यो वनमन्त्री : निकुञ्जले रोकेका जलविद्युत आयोजनाको काम सुरु गराउन ध्यानाकर्षण

इप्पानले भेट्यो वनमन्त्री : निकुञ्जले रोकेका जलविद्युत आयोजनाको काम सुरु गराउन ध्यानाकर्षण

वि.सं.२०८३ जेठ १४ बिहीवार ११:०९

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय...