back
himalayan life

कोशी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् प्राथमिकता

विराटनगर । कोशी प्रदेशसभाको सातौँ तथा बर्खे अधिवेशन आज आइतबारबाट सुरु हुँदै छ । प्रदेशसभा भवन विराटनगरमा दिउँसो २ बजे बस्ने बैठकको तयारी पूरा भएको कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिएका छन् ।

बजेट अधिवेशन समेत भनिने यो अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामा प्रस्तुत गरिनेछ । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आफ्ना धारणा राख्नेछन् । बैठकमा प्रदेश सरकारले ल्याएको ‘प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ पनि टेबुल गरिने तयारी छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार आगामी आर्थिक वर्षमा सरकारको पर्यटन वर्ष तथा लगानी सम्मेलनलाई केन्द्रमा राखेर नीति कार्यक्रम र बजेट प्रस्तुत हुने तयारी रहेको छ । ‘पर्यटन वर्षलाई प्राथमिकतामा राख्ने नै भयौँ । त्यसका साथै निजी लगानीलाई समेत आकर्षित गर्ने कार्यक्रम पनि समावेश गर्नुपर्ने हुन्छ ।’ उनले भने ।

प्रदेश सरकारले आफ्नो क्षमता अनुसारका बहुवर्षिय योजना सञ्चालन गर्नुका साथै, कृषि क्षेत्रको व्यवसायीकरणको कार्यक्रमलाई समेत प्राथमिकीकरण गर्ने उनको भनाई छ । उनले थपे,‘भौतिक विकास र औद्योगिक विकासका सन्दर्भमा पनि नीति कार्यक्रममा प्राथमिकतामा पर्ने कुरालाई हामी छलफलका साथ प्रस्तुत गर्छौँ ।’

नीति र कार्यक्रम पछि खासगरी प्रदेशको प्रजेट असार १ गते प्रदेश सभामा पेस गरिन्छ । हाल कोशी प्रदेशमा नेकपा (एमाले) को नेतृत्वमा सरकार रहेको छ भने सरकारमा नेपाली काङ्ग्रेससमेत सहभागी छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...