back
himalayan life

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

‘अब तलमाथि नभइकन दुई–चार दिनमै नयाँ गभर्नर पाउँछौँ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा बैठकका निर्णय सार्वजनिक गरेका छ्न् । बिहीबार यही वैशाख २५ गते र ३१ गते गरिएका २२ निर्णय आज नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् ।

उक्त निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताए । मन्त्री गुरुङले गभर्नर दुई–चार दिनभित्रै नियुक्त हुने दाबी गरे ।

उनले भने, ‘अब तलमाथि नभइकन दुई–चार दिनमै नयाँ गभर्नर पाउँछौँ, गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा.विजयनाथ भट्टराईको समिति बनाएका थियौँ । विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो । त्यो डिफङ भयो । त्यसपछि फेरि पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रूपमा थप्यौँ । डा.विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो । काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनःगठन गरेका छौँ ।’

यस्ता छन् निर्णयहरु :
१. २०८२ वैशाख ३० देखि १ गतेसम्म UAE को Dubai मा आयोजना हुने World Police Summit मा प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीलाई सहभागी हुन । स्वीकृति प्रदान गर्ने ।

२. महाकाली नदीमा विगत वर्षहरूको मनसुनका कारण सिर्जित जोखिम र आगामी मनसुनमा हुन सक्ने जलप्रवाहजन्य जोखिम भएका कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ८, ९, १० लाई तीन महिनाको अवधिका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने ।

३.२०८२ जेठ १४ देखि १६ गतेसम्म गणतन्त्र कोरियामा आयोजना हुने SUWON ITS Asia Pacific Forum मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

४. भूकम्प तथा अन्य प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त शैक्षिक संरचना निर्माण गर्ने तथा । नेपाल सरकारमार्फत कार्यान्वयन हुने गरी वार्षिक बजेटमा व्यवस्था भएका मुलुकभरका ।सार्वजनिक विद्यालयहरूको भौतिक पूर्वाधारको निर्माण/पुनर्निर्माण/प्रबलीकरणका कार्य गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन । एकाइको कार्यक्षेत्र विस्तार गर्ने ।

५. २०८२ वैशाख ३० देखि जेठ १ गतेसम्म जापानमा आयोजना हुने International . Training Workshop on Smart Cities in the Asia and the Pacific मा सहभागी हुन काठमाडौं महानगरपालिकाका प्रमुख श्री बालेन्द्र शाहलाई स्वीकृति प्रदान गर्ने ।

६. २०८२ वैशाख ३० देखि जेठ १२ गतेसम्म जनवादी गणतन्त्र चीनमा आयोजना हुने Seminar on Ethnic Policies and Practices for BRI Partner Countries मा सहभागी प्रशासन मन्त्रालय हुन आदिवासी जनजाति आयोगका माननीय सदस्य डा. मीन बहादुर श्रीसलाई स्वीकृति प्रदान गर्ने ।

७. दोर्दी गाउँपालिका, लमजुङलाई जनवादी गणतन्त्र चीनको यूनान प्रान्तस्थित फुगोङ काउन्टिसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।

८ लुम्बिनी प्रदेशका प्रमुख सचिव श्री बाबुराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) श्री कृष्णबहादुर राउत; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (विज्ञान प्रविधि) श्री विश्ववावु । पुडासैनी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दिपक काफ्लेको विभिन्न मितिका वैदेशिक । भ्रमणहरू स्विकृत गर्ने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...