back
himalayan life

फेकनको सदस्य भएपछि शिवाकोटीले संस्थालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को शनिबार हुने निर्वाचनका लागि सदस्य पदमा निराजन शिवाकोटीले उम्मेदवारी दिएका छन्।

लामो समयदेखि शैक्षिक परामर्श व्यवसायमा क्रियाशील शिवाकोटीले संस्थाको दीगो विकास र सदस्यहरूको सशक्तिकरणका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । ८ जना सदस्य चयन हुनुपर्ने विधान छ भनें त्यसमा १२ जनाको उम्मेदवारी परेको छ ।

शिवाकोटीले फेकनलाई अझ प्रभावकारी, पारदर्शि र सदस्य–केन्द्रित संस्था बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले आफू निर्वाचित भएमा सदस्यहरूको सहभागिता बढाउँदै उनीहरुबाट आएका सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । उनले अन्तर्राष्ट्रिय शिक्षा बजारसम्म फेकनको पहुँच विस्तार गर्ने र व्यावसायिक चुनौतीहरूको समाधानका लागि नीतिगत तहमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले विदेशी विद्यार्थीहरूलाई नेपालको शैक्षिक प्रणालीतर्फ आकर्षित गर्न ‘एक्सचेन्ज प्रोग्राम’ मार्फत विदेशी विश्वविद्यालयहरूसँग सहकार्य गर्ने र नेपालमा अध्ययनका अवसरहरू सिर्जना गर्ने दीर्घकालीन उद्देश्य पनि अघि सारेका छन । उनले सदस्यहरूको एक मतले आफूलाई फेकनको सेवामा ठूलो भूमिका खेल्ने अवसर दिने विश्वास व्यक्त गर्दै शैक्षिक परामर्श क्षेत्रलाई अझ उचाइमा लैजान सबै सदस्यहरूको साथ, समर्थन र विश्वासको अपेक्षा गरेका छन् ।

शनिबार हुने निर्वाचनले दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गर्ने छ । फेकनमा २ सय ६२ मतदाता रहेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

वि.सं.२०८३ जेठ २४ आइतवार १६:१८

काठमाडौं । नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको छाता संगठन...

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

वि.सं.२०८३ जेठ १५ शुक्रवार १०:५२

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३५

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत...

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०१

काठमाडौँ। नेपाल मोवाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका...