back
himalayan life

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

काठमाडौं । उर्जामन्त्री दिपक खड्काले सरकारले कहिलेपनि वक्यौता रकम नउठाए पनि हुन्छ भनेर कसैले नभनेको बताएका छन् ।

बिहीबार विद्युत नियमन आयोगको छैटौं वार्षिकोत्सव समारोहमा बोल्दै उनले तिर्नुपर्ने रकम तिर्न उपभोक्ता तयार रहेको भन्दै यस्तो विवाद आउनु लज्जास्पद भएको बताएका हुन् ।

उनले भने,‘समाचारमा आए जस्तो सरकारले कहिलेपनि रकम उठाउन हुँदैन, यिनले जति खाएपनि हुन्छ भनेर भनेको छैन् । प्रयोग गर्नेले यो तिर्दैनौ भनेका पनि छैनन् । यस्तो कमजोरी दशौं वर्षदेखि हुनु आफैंमा लज्जास्पद छ ।’

उनले नियामक निकाय हुँदापनि उपभोक्ताहरुले विल माग्दा विल दिने संस्थाले दिएको विल ठिक छ कि छैन भनेर चेकजाँच गर्नुपर्ने बताए ।

‘हामी जनताप्रति पूर्ण उत्तरदायी हुनुपरेको छ । यो हाम्रो दायित्व हो । यत्रो अधिकार सम्पन्न नियामन निकाय हुदाँहुदै वक्यौतालगायतका विषयलाई लिएर यति लामो विवाद भएर तिर्नुपर्ने रकम नतिर्ने, उठाउनुपर्ने रमक उठाउन नसक्ने अवस्था आउनु राम्रो भएन् । यस्तो विवाद पनि हुनुहुन्छ र ? अनि अनगर्ल प्रचारप्रसार गरेर कसलाई फाइदा पुर्याँउछ र ? यसको छिनोफानो गर्ने दायित्व नियमन आयोगकै थियो । उपभोक्ता भन्छन्– हामीले प्रयोग गरेको विल दिनुस् । तिर्न तयार छौ । विल दिने संस्था भन्छ–हामीले जे लेख्यो त्यही विल हो । हामीले पठाएकै विल हो । त्यो विल ठिक छ कि छैन भनेर सबै हेरे त सकिन्छ होला,’ उनले भने ।

उनले सरकार हरतवरले दुवै पक्षलाई न्याय हुनेगरी यसलाई छिनोफानो गराउने काममा विद्युत नियमनलाई लाग्न आग्रह गरेका छन् ।

‘सरकार हरतवरले दुवै पक्षलाई न्याय हुनेगरी उपभोग गर्नेले पनि उपभोग गरेजति तिनुपर्ने गरी र उठाउनुपर्ने संस्थाले पनि उनले कति उपभोग गरे भन्ने कुरा नठगिने गरी उठाउनुस् भनेर सरकार बाराम्बार भनिरहेको छ । यसलाई छिनोफानो गराउने काममा विद्युत नियमन लाग्नुहुनेछ म आग्रह गर्छु,’ उनले भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आयल निगममा ओभरटाइम भत्ता कटौती गर्ने सरकारको तयारी, के भन्छ निगम ?

आयल निगममा ओभरटाइम भत्ता कटौती गर्ने सरकारको तयारी, के भन्छ निगम ?

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१८

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगममा...

७ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

७ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

वि.सं.२०८३ असार १९ शुक्रवार १३:४१

काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य ७ हजार २ सय...

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १८ बिहीवार ०८:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको...

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

वि.सं.२०८३ असार १७ बुधवार ११:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो...

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ असार १७ बुधवार १०:५८

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार १७ बुधवार १०:४७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...