back
Naima

स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द,आपतकालीन संकट घोषणा

करिब ६ करोड जनसंख्या भएका दुबै देशले आपतकालीन बैठक राखेर प्रतिकार्य योजना बनाउन थालेका छन् ।

काठमाडौं । स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द हुँदा आपतकाल घोषणा गरिएको छ । ट्राफिक लाइट, रेल सेवा र विमानस्थलहरु बन्द छन् । विद्युत नहुँदा करोडौं नागरिकहरु अप्ठ्यारोमा परेका छन् । यसका कारण दुवै देश आपतकालीन अवस्था घोषणा गर्न बाध्य भएका सीएनएनले जनाएको छ ।

विद्युत् आपूर्ति बन्द हुनुको कारण भने खुलेको छैन । करिब ६ करोड जनसंख्या भएका दुबै देशले आपतकालीन बैठक राखेर प्रतिकार्य योजना बनाउन थालेका छन् । पोर्चुगलको ग्रिड अपरेटरका अनुसार मध्याह्नपछिको विद्युत आपूर्ति बन्द भएको थियो । फ्रान्सको केही भागमा पनि विद्युत् आपूर्ति बन्द भएको थियो । तर केही घण्टापछि फ्रान्समा विद्युत् बहाल भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

केही घण्टापछि, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत् आपूर्ति बन्द हुनुको कारण नखुलेको र समस्या समाधानको पहल भइरहेको जनाएका छन् । पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले ऊर्जा संकट घोषणा गरेका छन् । । पोर्चुगलको ग्रिड अपरेटरले विद्युत आपूर्ति पूर्ण रूपमा बहाल गर्न ‘जटिल भइरहेको जनाएको छ ।

‘विद्युत् आपूर्ति बन्द हुनुको कारण स्पष्ट नभए पनि यसको प्रभाव निकै ठूलो छ,’ सीएनएनले लेखेको छ, ‘यातायात साधनहरु बन्द भएका छन् । म्याड्रिडमा ट्राफिक लाइटहरू बन्द भएपछि सडकमा सवारी साधनको लामो लाइन लागेको छ ।’

युरोपेली परिषदका अध्यक्ष तथा पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो कोस्टाले भने विद्युत अवरोधको कारण यकिन नभए पनि हालसम्म साइबर आक्रमणको संकेत पनि नदेखिएको बताएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:३४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको...

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२५

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी...

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४०

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन...

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

वि.सं.२०८३ साउन २८ बिहीवार १४:२२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा...