back
himalayan life

अब भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउन थालौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको भूकम्पले नभत्किने संरचना वा घरहरु बनाउनुपर्ने आवश्यकता देखाएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित भूकम्प स्मृति दिवसको कार्यक्रममा उनले राष्ट्रको आर्थिक अवस्था र बजेटले पुुनःनिर्माण भ्याउन नसक्ने भन्दै क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘हामीले के देख्यौं भने, २०७२ सालको भूकम्पजस्तो कुरा जतिसुकै रिजिलियन्स भनेपनि राष्ट्रको आर्थिक अवस्थाले, हाम्रो बजेटले, क्षमताले पुनःनिर्माण भ्याउन सक्ने अवस्था होइन । त्यसो भएर हामीले पहिले त्यसबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनु पर्ने आवश्यकता छ । भत्किनजेल पर्खिने होइन ।’ यस्तै, उनले राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई क्षति नहोस् भनेर पूर्वतयारीमा जोड दिन पनि आग्रह गरेका छन् ।

उनले भने, ‘मुख्य कुरा प्राकृतिक विपत्तिसम्बन्धी पूर्वतयारी हो । म राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अहिले पनि भन्न चाहन्छुु कि पहिले नै त्यस्तो क्षति न होस् भनेर पूर्वतयारीमा जोड दिनुस् । भूकम्प गइसकेपछि भत्किएपछि घरले किचेर मान्छे मारेपछि घर पुनःनिर्माण गर्नेभन्दा पहिले नै घर भत्किनै नपाइन, मान्छे किच्नै नपाइन, अलिअलि भएको जायजेथा पनि ध्वस्त पार्न नपाइकन विस्तापित गर्ने बाटोमा लागौं । क्रमशः यस बाटोबाट हामी सुरक्षित नेपाल निर्माण गर्छौं ।’ उनले सदैव राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय साथ, सहयोग र समर्थनको उच्च मूल्याङ्कन गर्दै आगामी दिन पनि एकै ठाँउमा हुनुपर्ने बताए ।

उनले भने, ‘राष्ट्रिय प्रश्नहरुमा, राष्ट्रिय हितका प्रश्नहरुमा वा यस्ता महत्वपूर्ण प्रश्नहरुमा राष्ट्रिय एकता अनिवार्य छ । त्यसै गरेर सुशासन र विकासका प्रश्नहरुमा पनि हाम्रो राष्ट्रिय एकता अनिवार्य हुनुपर्दछ । लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनुु पर्दछ । आलोचना स्वागत छ र स्वागतयोग्य हुन्छ । तर आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक आलोचना होस् न कि झुटमा आधारित, असत्य र भ्रामक एवं विनाश निम्त्याउने खालको, नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन । राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस् । यस कुरामा हामीले ध्यान दिनुुपर्दछ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

वि.सं.२०८३ असार १५ सोमवार १६:५०

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजार (नेप्से)...

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...