back
himalayan life

सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने बताएका छन् । बुधबार सिंहदरबार भित्रमा मेलम्चीको खानेपानी बितरणका लागि विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमन पश्चात मन्त्री यादवले वर्षौदेखि सिंहदरबारमा प्रयोग गरिदै आएको जार र बोतलको पानी अब सदाका लागि अन्त्य हुने रिन बताए ।

उनले भने,‘सिंहदरबारमा वर्षौदेखि प्रयोग हुँदै आएका जार, बोतलको पानी बिस्थापित गर्ने लक्ष अनुसार काम अगाडी बढी रहेको छ । यहाँ चाडै मेलम्चीको शुद्ध खानेपानी बितरण हुन्छ ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत यहाँका मन्त्रालयहरुमा मेलम्चीको पानी बितरण गर्नका लागि मन्त्री यादव सहितको टोलीले आज अनुगमन गरेको थियो ।

यहीँ वैशाख अन्तिम साता सम्म सिंदरबारमा मेलम्चीको सफा, शुद्ध पानी बितरण गरिने मन्त्री यादवले जिकिर गरे । उनले भने, ‘मेलम्चीको शुद्ध पानी उपलब्ध भएपछि सिंहदरबारमा हाल प्रयोग भइरहेको बोतल र जारको पानी क्रमशः विस्थापन गर्ने मेरो स्पष्ट योजना रहेको छ । शुद्ध पानी सबैको पहुँचमा पु¥याउन हामी एकजुट भई अघि बढ्नुपर्छ ।’

सिंहदरबार स्वच्छ, पारदर्शी र जनमुखी प्रशासनको प्रतीक भएको र यसलाई अझ सक्षम बनाउने आफुहरुको साझा प्रयासमा साथ दिनु भएको भन्दै उनले सम्पूर्णमा आभार प्रकट गरे । आजको उक्त अनुगमनमा मन्त्रालयका सचिव इञ्जिर प्रमिलादेबी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेल लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...