back

शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक दलहरुकै कारण ढिलाइ भयो : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग९टीआरसी०मा पदाधिकारी नियुक्ति प्रक्रियामा सरकारले काम गरिरहेको बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको छैटौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले आयोगहरुमा पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया अघि बढेपनि राजनीतिक दलहरुकै कारण ढिलाई भइरहेको बताए ।

उनले भने, ‘नेकपा एमालेले एकल सरकार बनाएर ऐतिहासिक कामहरु गरिसकेको छ । ति ऐतिहासिक कामहरुबाट ग्रसित अस्तित्व संकटमा परेको महशुस गर्दै एमालेलाई त्यसबेला सरबारबाट विस्थापित गरिएको थियो । तर आज हामी शान्ति स्थापनाको अन्तिमतिर सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन जस्ता आयोगहरुमा पदधिकारी नियुक्ती गरेर काम अगाडि बढाउने प्रक्रियामा छौं । यसमा ढिलाइ भनेको द्न्दपीतितहरुको कारणले होइन् ।

राजनीतिक कारणले नै ढिलाई भएको छ । अब ढिलाई नगर्ने प्रयास जारी राखेका छौं । पीडितहरुको पीडा हामीले बुझेका छौं । जेल–नेल भोगेर आएकाले पीडा कस्तो हुन्छ हामीलाई थाहा छ ।’
साथै उनले शान्ति प्रक्रियालाई अन्तिम रुप दिँदा द्न्द्पीडितहरु सबैलाई न्याय दिने अहिलेको आयोगहरुको उदेश्य रहेको बताए । उनले आयोगमार्फत काम गरेर पीडितहरुलाई न्याय दिएर संक्रमणकालीन न्याय दिनका लागि आयोगहरुलाई सक्रिय बनाइने र सबै पीडितहरुलाई न्याय दिइने बताए ।

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...