back
himalayan life

आजको मौसम : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जसले गर्दा देशभर आंशिकदेखि साधारणतया बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज देशका सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको र विशेषगरी पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती भने देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । यस्तै मेघगर्जन र चट्याङ्ग, वर्षालगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन विभागले अनुरोध छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...