back

तीनकुने आन्दोलनमा करिब ५ करोडको क्षति, कुन कम्पनीमा कति बीमा दाबी ?( सूचीसहित)

आन्दोलनका कारण एक पत्रकार र सर्वसाधारण गरेर दुई जनाको ज्यान गएको थियो ।

nactional life

काठमाडौँ । अघिल्लाे शुक्रबार राजावादीको आन्दोलनका कारण भएको क्षतिमा करिब ५ करोड रूपैयाँको बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणले हुलदंगाको कारणले भएको क्षतिबापत ११ वटा निर्जीवन बीमा कम्पनीमा ४ करोड ८७ लाख ६८ हजार रूपैयाँका लागि ४३ वटा माग दाबी परेको जनाएको छ । राष्ट्रिय बीमा कम्पनीमा सबैभन्दा बढी १ करोड २७ लाख रूपैयाँको दाबी परेको छ। दोस्रो बीमा दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ करोड १७ लाख रूपैयाँको परेको छ। नेको इन्स्योरेन्समा ५२ लाख रुपैया बराबरको ४ वटा बीमा दाबी निवेदन परेको छ ।

सम्पत्ति बीमाको सर्वाधिक ३ करोड ११ लाख रूपैयाँको दाबी परेको छ। निजी मोटर बीमाको १ करोड २९ लाख र इन्जिनियरिङ तथा ठेकेदार जोखिमको ३७ लाख र विविध अन्तर्गत १० लाख रुपैयाँको बीमा दाबी परेको छ ।

बीमा प्राधिकरणका अनुसार बीमा संख्याका आधारमा सबैभन्दा धेरै निवेदन नेसनल इन्स्योरेन्समा ११ वटा परेको छ । दोस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्समा ८ वटा, शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ५/५ वटा, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेको इन्स्योरेन्समा ४/४ वटा, राष्ट्रिय बीमा कम्पनीमा २ वटा दाबी निवेदन परेको छन् भने दि ओरियन्टल, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्समा भने एउटा मात्रै बीमा दाबी निवेदन परेको छ ।

बुधबारसम्म परेको दाबीमा शिखर इन्स्योरेन्सले ४५ हजार रूपैयाँमा ३ वटा दाबी भुक्तानी गरेको छ। गत चैत्र १५ गते शुक्रबार राजावादीहरुले तीनकुनेमा गणतन्त्रको विरोधमा र माओवादी, समाजवादीलगायतका दलहरुले गणतन्त्रमा पक्षमा भृकुटीमण्डपमा प्रदर्शन गरेका थिए । राजावादीको आन्दोलन भने हिंसात्मक हुँदा ठूलो जीउधनको क्षति भएको थियो । आन्दोलनका कारण एक पत्रकार र सर्वसाधारण गरेर दुई जनाको ज्यान गएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...