back
Naima

चिकित्सा आयोगको निर्णयप्रति परीक्षार्थी आक्रोशित, म्याचिङ प्रक्रिया रोक्न माग

काठमाडौं । मेडिकल कलेजका परीक्षार्थीहरुले चिकित्सा शिक्षा आयोगले निकालेको म्याचिङको सूचनाप्रति आपत्ति जनाएका छन् । आयोगले नीजि मेडिकल कलेजहरुको प्रकाशित सिट संख्या घटाई आयोगले निकालेको म्याचिङको सूचनाप्रति असहमति जनाएका हुन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगको नयाँ निर्णयले आठसय बढी परीक्षार्थीको सिट गुमाउनुपर्ने अवस्था आएको परीक्षार्थी डा.अभिषेक अमरले बताए । उनले विज्ञप्तिमार्फत आफ्ना मागहरु अघि सारेको पनि जानकारी दिए ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘मिति २०८१ मंसिर १३ गते चिकित्सा शिक्षा आयोगद्वारा सिट संख्या नतोकी स्नातकोत्तर (एमडी/एमएस/एमडीएस) प्रवेश परीक्षाको नोटिस निकालिएकोमा सोको विरोधमा परीक्षार्थीहरुद्वारा सर्वोच्च अदालतमा रिट दायर गरे पश्चात सम्मानित सर्वोच्च अदालतसमक्ष आयोगले सरकारी तथा निजी मेडिकल कलेजहरू गरी जम्मा १३८१ सिट संख्या निर्धारण गरी बुझाएको र सोही सिटका लागि म्याचिङ खुलाउने भनी परीक्षार्थीहरुलाई वेभसाइडमार्फत जानकारी गराएको थियो । सोही सिटलाई आधार मानी परीक्षार्थीहरुले मिति २०८१ माघ २६ गते परीक्षा दिएका थिए ।

परीक्षा अगावै माघ २५ गते सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बसेको आयोगको १६ औं बैठकमा आवासीय चिकित्सक (एमडी/एमएस/एमडीएस) हरूको निर्वाह भत्ता नेपाल सरकारको आठौं तह सरह स ४८,७३७ उपलब्ध गराउने निर्णय भएको र कार्यान्वयनको लागि परिपत्र गरिएको थियो ।

साथै आयोगको १७औँ बैठकमा नेपाल सरकारका शैक्षिक संस्थाहरुमा एमडी/एमएस/एमडीएस को सिट संख्या २३१ ले थप गर्ने भनी निर्णय गरिएको थियो । सोही निर्णय अनुसार मिति २०८१ फागुन ५ गते सिट संख्या बढाई सरकारी र निजी मेडिकल कलेजमा गरी जम्मा १४९६ सिट पुर्याइएको थियो,’ विज्ञप्तिमा अगाडि भनिएको छ,‘ तर सो निर्णयको कार्यान्वयन नगरी आयोगको वार्षिक क्यालेन्डर अनुसार मिति २०८१ चैत्र १४ गते प्रकाशित सूचना अनुसार थप गरिएको सिट संख्या पुनः घंटाएर जम्मा ६७० पु¥याइयो र सोही सिट संख्यामा मात्र म्याचिङ प्रकृया अगाडी बढाइयो । सो निर्णयमा परीक्षार्थीहरुमाथि ठुलो अन्याय भई पढ्न पाउने अधिकारवाट वंचित गरिएकोप्रति हाम्रो गहिरो आपत्ति रहेको छ,’

आयोगको उक्त निर्णयले गर्दा ८०० भन्दा वढी परीक्षार्थीहरुले सिट गुमाउनुपरेकाले परिक्षार्थीहरु चैत्र १७ गते आयोगमा भेला भई आयोगका उपाध्यक्षसमक्ष अहिलेको लागि म्याचिङ प्रक्रिया तत्काल रोकी पूर्वनिर्धारित सिट उपलब्ध गराउन ध्यानाकर्षण गराइएको उनीहरुले जानकारी दिएका छन् ।
मागप्रति आयोगले बेवास्ता गर्दै म्याचिङ रोक्न नमिल्ने तथा सरकारी क्याम्पसमा मात्र भएपनि म्याचिङ गराउने अडानप्रति उनीहरुले आपत्ति जनाएका हुन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

वि.सं.२०८३ साउन २७ बुधवार १४:५९

काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने...

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

वि.सं.२०८३ साउन २६ मंगलवार १७:०८

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच...

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

वि.सं.२०८३ साउन २५ सोमवार १६:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ...

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

वि.सं.२०८३ साउन २५ सोमवार १६:३२

काठमाडौं । ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश...

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

वि.सं.२०८३ साउन २५ सोमवार १४:०३

काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले सीमा सम्बन्धी विवादित...