back
Naima

कार्यकारी निर्देशक शाक्यलाई इप्पानको बधाई: आरसीओडी थप गर्न माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कुनैपनि सरकारी तथा बाह्य निकायले दिने अनुमतिमा ढिलाई हुँदा जलविद्युत आयोजनाको निर्माण समयमै सम्पन्न हुन नसके विद्युत प्राधिकरणले सहज रुपमा आरसीओडी थप गर्नुपर्ने माग गरेको छ ।

सोमबार विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बधाई तथा शुभकामना व्यक्त गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले जलविद्युत आयोजनाहरुले वन मन्त्रालयबाट रुख कटानको अनुमति नपाउँदा तथा भारतबाट बिस्फोटक पदार्थ आयातको अनुमति नपाउँदा तोकिएको समयमा विद्युत उत्पादन गर्न असमर्थ भए सहज रुपमा व्यवसायिक विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसीओडी) थप गर्नुपर्ने बताए ।

सरकारी नियकायले दिने अनुमति लगायत अन्य प्रक्रियागत ढिलाईका कारणले आयोजना निर्माण ढिलो भएको अवस्थामा प्राधिकरणले आरसीओडी सहजरुपमा थप गर्न सकिने कुरा विद्युत खरिद विक्री सम्झौता (पीपीए)मै उल्लेख गरेर जानुपर्ने बताए ।

उनले प्राधिकरणले आरसीओडी थप नगरेका कारण बैंक तथा वित्तीय संस्थाबाट थप ऋण प्रवाह रोकेर त्यहि मितिबाट विद्युत उत्पादन भएको मानेर बत्ती नबलेका आयोजनालाई सावा ब्याज तिर्न निर्देशन हुन थालेको तर्फ पनि शाक्यको ध्यानाकर्षण गराए । २८ हजार ५०० मेगावाटको लक्ष्य प्राप्तीका लागि तत्काल पीपीए खुला गरेर सरकार अघि बढ्नुपर्ने पनि कार्कीले बताए ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले निजी क्षेत्र सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पु¥याउने लक्ष्य प्राप्तिका लागि हातेमालो गर्न तयार रहेको बताए ।
इप्पानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईंले वन मन्त्रालयबाट रुख कटानको स्वीकृतिमा हुने ढिलाई मात्र नभएर बिस्फोटक पदार्थ नपाएको अवस्था र ठूला आयोजनामा वित्तिय व्यवस्थापन हुन नसकेको अवस्थामा पनि आयोजनाको समस्या हेरेर आरसीओडी थप गर्नुपर्ने बताए ।

इप्पानका उपाध्यक्ष उत्तम भ्लोनले विद्युत प्राधिकरणले कन्टिन्जेन्सी भन्ने व्यवस्था नै खारेज गर्नुपर्ने बताए । विद्युत प्राधिकरणले प्रसारणलाइन बनाउन नसकेपछि दोर्दी करिडोरमा निजी आयोजनाहरु मिलेर आफै प्रसारणलाइन बनाइरहेको पनि उनले जानकारी गराए ।

इप्पानका उपमहासचिव प्रकाश दुलालले निजी क्षेत्रका आयोजनाले आरसीओडीको ठूलो समस्या झेलिरहेको भन्दै वनले अनुमति नदिनु र भारतले बिस्फोटक पदार्थ नदिनु पनि कावु बाहिरकै परिस्थिती भएकोले यस्ता आयोजनाको आरसीओडी थप गरिदिनुपर्ने बताए ।

विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले वर्षायामको ६ महिना आरसीओडी भन्दा ढिलो विद्युत उत्पादन भएपनि पेनाल्टी नलाग्ने व्यवस्था गर्न प्रयास गरिने बताए ।
इप्पानले सबै आयोजनाको २ वर्ष म्याद थप गर्न आग्रह गरेकोमा त्यसको लागि नेपाल सरकारले नै निर्णय गर्नुपर्ने तर आयोजनाका विशेष खालका समस्या (वनको स्वीकृतिमा ढिलाई, बिस्फोटक पदार्थ अभावलगायत) हेरेर आरसीओडी म्याद थप गर्ने कुरामा आफू सकारात्मक रहेको शाक्यले बताए ।

अव निजी क्षेत्रले पनि नदी प्रवाही आयोजना भन्दा २÷४ घण्टा भएपनि पिकिङ क्षमता भएका अर्धजलाशययुक्त आयोजना निर्माणमै केन्द्रित हुनुपर्ने शाक्यको भनाइछ । त्यसका लागि पिक समयको पीपीए दर पनि परिमार्जनका लागि छलफल गर्न सकिने उनले बताए ।

इपानले जलवायु परिवर्तनका कारण हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्ने माग गरेकोमा शाक्यले ग्रिडको अनुशासन पालना हुने गरी पेनाल्टीको व्यवस्था पुर्नमूल्याङ्कन गर्न सकिने बताए ।
शाक्यलाई बधाई दिन इप्पान अध्यक्ष गणेश कार्की, पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईं, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्ष उत्तम भ्लोन, उपमहासचिव प्रकाश दुलाल, सचिव हिम प्रसाद पाठक, कार्यसमिति सदस्यहरु उत्तरकुमार श्रेष्ठ, शंकर बश्याल, मिथुन पौडेल, सुमन जोशी लगायत सहभागी भएका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वित्तीय खर्च घट्दा सानिगाड हाइड्रोको नाफामा उछाल, ईपीएस ९.३३ रुपैयाँ

वित्तीय खर्च घट्दा सानिगाड हाइड्रोको नाफामा उछाल, ईपीएस ९.३३ रुपैयाँ

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४२

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले वित्तीय खर्चमा उल्लेख्य कमी ल्याउन...

विद्युत् निर्यात बढाउन प्रसारण प्रणाली विस्तार अपरिहार्य : उर्जा मन्त्री

विद्युत् निर्यात बढाउन प्रसारण प्रणाली विस्तार अपरिहार्य : उर्जा मन्त्री

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

वि.सं.२०८३ साउन २५ सोमवार १६:४५

काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन...

अप्पर सोलु हाइड्रोको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

अप्पर सोलु हाइड्रोको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३८

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड (USHEC) ले...

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

वि.सं.२०८३ साउन १७ आइतवार २०:४१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट...

भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग

भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:१५

काठमाडौं । देशको विद्युत् प्रणालीले आन्तरिक उत्पादनबाटै माग धान्दै अतिरिक्त...