कसरी मान्छन् नेपालीले ती आन्दोलन, तीनकुने हत्याकाण्ड ?
वि.सं.२०८१ चैत १७ आइतवार
हाम्रा शास्त्रहरुले स्पष्ट भनेका छन्, सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक, र सांस्कृतिक लगायत क्षेत्रमा हुने अधर्म, असत्य, अन्याय, अत्याचार, अहंकार, लोभ, क्रोध र अज्ञानता जस्ता कर्महरूको परिणामस्वरूप समाजमा अशान्ति, द्वन्द्व, र युद्ध उत्पन्न हुन्छ ।
महाभारतमा भनिएको छ
अधर्मो हि समुत्थाय हन्ति धर्मं सनातनम्।
धर्मो वृत्तो हि निहन्ति अधर्मं स पुनः पुनः
अर्थात्स जब अधर्मले प्रबलता पाउँछ, तब त्यो सनातन धर्मलाई क्षति पुर्याउँछ। तर जब धर्म बलवान् हुन्छ, त्यो अधर्मलाई पुनः पुनः नष्ट गर्दछ।
अहिले नेपालको वर्तमान राजनीतिक र सामाजिक द्वन्द्वलाई यस श्लोकले स्पष्ट पार्छ । हो वास्तवमा नेपाल र नेपालीको ऐतिहासिक राष्ट्रिय पहिचान र राष्ट्रिय गौरवलाई अधर्मको जगमा, अत्याचारको जगमा, अन्यायपूर्ण तरिकाले षड्यन्त्रपुर्वक ढंगबाट तहसनहस बनाईएको जगजाहेर छ ।
आज देशको आर्थिक, सामाजिक, राजनीतिक सँगै समग्र परिस्थिती कस्तो छ रु आम नागरिक सरकार र नेतृत्वसँग कति खुसी छन् रु को खुसी छन् रु त्यो सायदै मैले भनिराख्नु नपर्ला ।
जनताका जनजीवन बदल्ने, देशमा सम्बृद्वि र बिकास ल्याउने जस्ता झुट्टा सपना देखाएर आम सर्वसाधारण नेपालीको रगतले मातृभूमि लत्पत्याउँदै यिनिहरुले नै आफू धनी बन्ने, आफ्ना परिवार सम्पन्न बनाउने र निरन्तर सत्ता र शक्तिमा बसेर राजकीय जीवन बिताउनका लागि पटकपटक अनेकौं वाहनामा तन्त्र (व्यवस्था) फेरे ।
यिनिहरु अर्थात्, आफुलाई गणतन्त्र र लोकतन्त्रको ठेकेदार मान्ने नेताहरु, जो निरन्तर सम्पति, सत्ता र शक्तिको लागि नेपाली जनताका आँखामा भ्रमको खेति गर्दै दशकौँदेखि मुलुकमा शासनमा गरिरहेका छन् ।
हिजो तीनकुनेमा के भयो रु देशमा गणतन्त्र होईन्, हिन्दुअधिराज्य चाहिन्छ भनेर प्रदर्शनका लागि सडकमा आएका एक नेपालीले राज्यको (प्रहरीले हानेको) गोली खाएर मरे । प्रहरी सँगको दोहोरो झडपमा प्रदर्शनकारीले लगाएको आगोमा जलेर दुई नेपाली जनता मर्न बाध्य भए । अझै निर्मम तरिकाले भन्दा हत्या भयो ।
हत्यारा को हो र? जवाफ कस्ले दिने ?
तर, सरकार, गृहप्रशासनसहित आफुलाई लोकतन्त्रवादी र गणतन्त्रवादी राजनीतिक दल र त्यसको नेतृत्व (नेता) भनेर स्वघोषणाा गर्ने गरेकाहरु भन्छन्, ञउक्त प्रदर्शनको आयोजक र पुर्वराजा नै हत्यारा हुन् ।
उनीहरुको सोहि दाबि अनुसार हत्यारज्यान मार्ने कसुरसहित अन्य विभिन्न कसुरमा कारवाही गर्नका लागि सरकारले सयौं राजावादी समर्थकहरु जो प्रदर्शनमा थिए उनीहरुलाई पकाउ गरिसक्यो । थपलाई पक्राउ गर्ने क्रम जारी राखेको छ । घोषित, अघोषित नजरबन्दमा थुप्रै छन् ।
त्यो प्रदर्शन सहि थियो या गलत ? प्रदर्शनका नेतृत्व गर्नेहरुका व्यक्तिगत चाहाना के थिए ? कमजोरी के थियोे रु स्वार्थ के थियो ? अनि गणतन्त्र सहि या राजतन्त्र ? त्यो अर्को बहस को कुरा हो । यसमा पछि बहस गरौँला ।
तर, एकपटक सोचौँ त ! के त्यो गोली खाएर मर्ने आम नेपाली होइन र? जिउँदै जलेर मर्ने सामान्य श्रमजीवी पत्रकार (क्यामेरा म्यान) हैन र? सुरक्षाकर्मीको गोली लागेर, अश्रुग्यासका कारण, लाठीचार्जका कारण वा प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर घाइते हुने सुरक्षाकर्मीहरु यो देशको सामान्य परिवारका सर्वसाधारण नागरिक हैनन ? यो घटनाबाट कस्लाई फाइदा पुग्यो ? को खुसी छन् ?
गृहमन्त्रालयले गत १५ गते साँझ पत्रकार सम्मेलन गर्दै दिएको तथ्यांकअनुसार तीनकुने क्षेत्रको कार्यक्रममा सुरुमै ३५ सय सुरक्षाकर्मीहरु खटिएका थिए । स्थिति प्रतिकुल बनेपछि थप सयौं सुरक्षाकर्मी खटाइएको छ । सरकारकै तथ्यांकअनुसार राजावादी (गणतन्त्र बिरोधी प्रदर्शनकारी) ३ देखि ४ हजार मात्रै थिए । अब यहाँ स्वभाविक रुपमा प्रश्न उठ्छ । हातहतियारसहित जनताको सुरक्षाका लागि भनेर खटिएको सुरक्षाकर्मीले बराबर संङ्ख्यामा रहेका प्रदर्शनकारीको भिडलाई नियन्त्रण गर्न नसक्नुमा राज्य र सुरक्षा संयन्त्रको अकर्मण्यता र नालायकी पन छर्लङ्ग उदाङ्गो भएको छैन रु सुरक्षा निकायको निति अनुसार भिड नियन्त्रणका लागि आवश्यक परे सुरक्षाकर्मीले सुरुमा लाठीचार्ज, पानीको फोहोरा त्यसपछि अश्रुग्यास त्यसले पनि नभए हवाई ञफायरझ गर्छ । त्यसबाट पनि नियन्त्रणमा नआए अन्ततः घुँडा मुनी गोली प्रहार गर्ने अन्तरास्ट्रिय सुरक्षा नीति हैन ?
त्यसो हो भने, ढुंगा प्रहार मात्रै गरिरहेका प्रदर्शनकारी माथि म्याद गुज्रिएको अश्रुग्यास प्रहार मात्रै हैन । ताकिताकि अन्तर्राष्ट्रिय भिड नियन्त्रण सुरक्षा मापदण्डको खिल्ली उडाउँदै घुँडामाथि गोली प्रहार गर्ने अधिकार सुरक्षाकर्मीलाई कस्ले दियो रु दोहोरो भिडन्त जसरी घुँडा माथि गोली कसरी, के कारण हानियो रु प्रश्न अनुत्तरित छ । तर, यसको जवाफ आम नेपाली जनताले खोजिरहेका छन् ।
सुरक्षा दिने भनेर फिल्डमा खटिएका हजारौं सुरक्षाकर्मीहरुले किन आगोलागी भएको ठाउँमा कोही फसेका छन् कि रु कसैको उद्वार गर्न आवश्यक छ कि भनेर ञसर्चझ गरेन रु उद्धारका लागि फिल्डमा रहेका अन्य पत्रकारहरले हारगुहार गर्दा पनि किन घण्टौँसम्म उद्धारका लागि किन चासो देखाईएन ? उद्वारमा त्यो हदसम्मको लापरवाही र गैरजिम्मेवार कसरी बन्यो सुरक्षानिकाय ? यसको जवाफ पनि राज्यले दिनैपर्छ हैन ?
तर, तीनकुने घटना, त्यसपछि सरकारको कदम साथै राजनीतिक दल र तीनको नेतृत्वहरुको प्रतिक्रिया हेर्दा स्पष्ट हुन सकिन्छ । दशकौँदेखि देशको बागडोरको चाबि हातमा लिएका, लिईरहेका र अझै लिने तयारीमा रहेकाहरुले पुनः राजा फर्किएलान् अनि आफुहरु सत्ताबाहिर बस्नुपर्ने होकि रु भन्ने डरले तर्सिएका छन् । त्यसैले राजतन्त्र पुनःस्थापनको माग राख्ने हरुमाथि हदैसम्मको बर्बरता देखाईरहेका छन् । हदैसम्मको कारबाही गर्ने र गराउने गरि अघि बढेका छन् । अनि आफुहरु शान्तिका दुत ञगौतम बुद्वझ जस्तै भएको कुरा जवर्जस्ती स्थापित गराउने ध्येयका साथ लागिपरेका छन् ।
तर, म सम्पुर्ण नेपाली जनताको प्रतिनिधित्व गर्दै राज्य, राज्य संयन्त्र र यी तमाम राजनीतिक दल र तिनका नेतृत्वलाई प्रश्न गर्न चाहान्छु । के राज्यको सुरक्षा संयन्त्र यति कमजोर छ रु यस्तो कमजोर कस्ले बनायो ?
के ती सडकमा प्रदर्शनका लागि उत्रिनेहरु र सामाजिक सन्जालबाट उक्त प्रदर्शनको समर्थन गर्नेहरु सबै देशद्रोही हुन ? एजेन्डा जेसुकै होस्, उनीहरुलाई सडकमा आउन बाध्य कस्ले बनायो ? तीनै जनताको समर्थनमा ल्याएको व्यवस्था बिरुद्ध पुनः जनता आउनुपर्ने स्थिति कसरी सिर्जना भयो ? यसमा को जवाफदेही हुने हो ?
के नेपालका राजनीतिक दल जस्ले राजावादीको उक्त प्रदर्शनलाई आतंककारीको सुनियोजित घटना भनेर घोक्रो सुकाउँदै छन्, उनीहरु पनि विगतमा यो भन्दा कयौं गुणा हिंसात्मक प्रदर्शनको जगमा स्थापित भएका हैनन ? के तपाईंहरुले पटकपटक गरेको आन्दोलनमा सुरेश रजक जस्ता पत्रकार अनि सविन महर्जन जस्ता सयौं हजारौं नेपालीले मृत्युुवरण गरेका हैनन ? हजारौं लाखौं मानिस घरबारविहीन अनि घाइते भएका हैनन? राज्य र निजी गरि अर्बौं (अर्बको क्षति भएको होइन ?
यदि हो भने तपाईंहरुलाई नेपाली जनताले हत्यारा भन्ने कि नभन्ने रु नेपालको प्रचलित कानुन अनुसार तपाईंहरु (विगतमा जनधनको क्षतिहुने गरि भएका प्रदर्शन र आन्दोलनका कमान्डर) लाई कारवाही गर्ने कि नगर्ने ?
हिजो कांग्रेस, माओवादी, एमाले या अरु कुनकुन दलले कुनकुन आन्दोलनको नाममा जनताको हत्या गरेका हुन भन्ने कि नभन्ने ? कति नेपालीको लत्पत्तिएको रगतको जगमा आफुलाई नेता स्थापित क-कस्ले गर्यो ? कुन तन्त्रको नायक भनेर कस्ले कस्लाई स्वघोषणाा गर्यो ?
उदारहणका लागि २०७२ सालमा टिकापुरमा भएको थारुहरुको आन्दोलनलाई हत्याकाण्ड र त्यसको नेतृत्वलाई हत्यारा करार गरेर जेल हालेको केही बर्षपछि पुनः उनीहरुसँगै झुकेको, उनीहरु सँगै मिलेर सरकार चलाइरहेको कुरा स्मरण गर्नु पर्दैन ? यसबाट पनि जनताको मागलाई समयमै सम्बोधन गर्न नसके क्षति व्यहोर्नुपर्छ भन्ने बिर्सिएको हो ? यी यस्ता थुप्रै सानाठूला आन्दोलन र प्रदर्शनबाट आजसम्म लगातार सत्ताको स्वाद पाएर ञजुका जसरीझ त्यसैका निम्ति राजनिती गरेकाहरुले यसलाई मनन गर्नु पर्दैन ?
यसो भन्दै गर्दा, म हिंसाको समर्थन गरिरहेको छैन । हिजो उनीहरुले मारे, आज यिनिहरुले मार्न पाउनुपर्छ यो पनि मैले भन्न खोजेको हैन । तर, राज्यबिरुद्वको, व्यवस्था बिरुद्धको आन्दोलन या प्रदर्शन हुँदा सामान्यतया मर्ने र मारिने स्वभाविक हो । जस्लाई इतिहासले पुष्टि गर्दछ ।
कुनै कुराको अन्त्य सहज हुँदैन । त्यसमाथि पनि सत्ता, शासन र शक्ति भनेको हरकोही पाउन चाहाने र सहजै गुमाउन (छाड्) नखोज्ने कुरा सत्ययुगदेखि कलियुगसम्म आइपुग्दा पुष्टि भईसकेको कुरा हो । त्यसका लागि युद्व अनिवार्य हुन्छ । भइरहेको थियो र भइराख्ने छ ।
तर, हरेक युद्वमा सत्ता पक्ष/विपक्ष हुन्छन् । युद्वका आ-आफ्नै नियम हुन्छ । सिमा हुन्छ । सिमितता हुन्छ । त्यो सिमा र सिमितता जब सत्तापक्षले तोड्छ तब बिपक्षी (प्रदर्शनकारीर सत्ता बिरोधी) प्रतिक्रियामा क्रोध, आवेग, उत्तेजना र शोकले ग्रसित भएर लाग्छन् । त्यसपछि प्रदर्शन या बिरोध युद्वमा परिणत हुन्छ । तब त्यो देशको मातृभूमि रणभुमिमा परिवर्तन हुन्छ । महाभारतदेखि पछिल्लो घटनाक्रम सम्म आइपुग्दा यो कुरा पुष्टि भएकै छ ।
त्यसैले के पुनः मुलुकलाई एकपटक रणभुमिमा परिणत गर्न सरकार र राजनीतिक दल तयार हो ? म प्रश्न गर्न चाहान्छु । सरकारले राजनीतिक दलहरुको उक्सावटमा जसरी एकपछि अर्को राजावादीहरु बिरुद्ध कदम चालिरहेको छ यसले मुलुकलाई पुनः द्वन्द्वतर्फ उन्मुख त गर्दै छैन ? फेरि देशमा विगतमा जस्तै थप हिंस्रक आन्दोलन सुरु हुने त हैन ? शंका छ ।
हुँदैन, सक्दैनन् राजावादी समर्थकहरु कम छन् भनेर भन्नेहरुले हिजोको इतिहास फर्किएर हेरुन् । तत्कालीन समयमा माओवादीहरुले राखेको मागलाई समयमै सम्बोधन नगर्दा, माओवादी माथि तत्कालीन राज्य संयन्त्रले थप दमन गर्दा, माओवादी नेतृत्वको टाउकोको मुल्य तोक्दै सुरक्षाकर्मी परिचालन गर्दा देश कहाँ पुग्यो ? नेपाल आमा र नेपालीहरुले कुन कान्तिबिजोक भोग्नु पर्यो ?
रोचक र स्मरणीय के छ भने हिजो सत्ता (तन्त्र) जोगाउन टाउकोको मुल्य तोक्नेहरु र टाउको जोगाउन (नयाँ तन्त्र) ल्याउन लागिपरेकाहरु आज सँगसँगै सत्ता साझेदार हुँदै आईरहेका छन् । हिजो परिवर्तनका नाममा मर्ने र मार्नेहरु आज पुनः एकपटक जनताको रगत बगाउन उद्वत छन् । हिजो परविर्तनका नाममा हतियार सहित प्रदर्शनमा उत्रिएकाहरुले, खुलमखुल्ला लुटपाट र हत्याकाण्ड मच्चाएकाहरुले आज तिनकुनेको प्रदर्शनलाई आतंककारी गतिविधि भन्न छाडेका छैनन् ।
खैर, हिजो के भयो ? र भोलि के हुनेछ ? यो त म जस्तो सामान्य नागरिकले आँकलन मात्रै गर्न सक्ने हो । तर, देशमा परिवर्तनको नाममा विगतमा र भविष्यमा हुने यस्ता खालको हत्या, हिंसा, अत्याचार र अन्यायलाई कहिल्यै सहि भन्न सकिँदैन । कम्तिमा म भन्दिनँ ।
किनकि हाम्रो शास्त्रले स्पस्ट भनेको छ: अहिंसा परमो धर्मझअर्थात्, अहिंसा नै सबैभन्दा ठुलो धर्म हो । तर, यस्तो भन्दै गर्दा हिजो र आज पनि व्यवस्था बिरुद्व या विभिन्न मागसहित प्रदर्शनमा उत्रिने सर्वसाधारण सबै अपराधी हुन, हिंसा चाहानेहरु हुन त ? भन्ने प्रश्न आउन सक्छ ।
होईन्, उनिहरु सरकारले सरकारको नेतृत्व गर्नेहरुले असल अभिभावकत्ब निभाउन नसकेपछि, जनअपेक्षा अनुसार काम गर्न नसकेपछि, भाषण र प्रतिबद्धता गरेजस्तो बिकास गर्न नसकेपछि, सु(शासनको प्रत्याभूति गराउन नसकेपछि, भ्रष्टाचार, अन्याय, अत्याचार जस्तो अनैतिक र अधर्मयुक्त कर्ममा लिप्त हुन थालेपछि त्यसको प्रतिवादमा उत्रिएका जनताहरु हुन ।
हिजो देखि आजसम्म र भोली पनि हुने यहि हो । जनताको राष्ट्र र राष्ट्रिय हितको चिन्ता राख्दै, शान्तिको चाहाना राख्दै, सम्बृद्विको चाहाना राख्दै, सु-शासनको चाहाना राख्दै, न्यायको आशासहित प्रदर्शनमा उत्रिन्छन् ।
अन्ततः हाम्रो शास्त्रले स्पष्ट भनेको छ, ञधर्म हिंसा तथैव चस्झ । अर्थात्स धर्मको रक्षाका लागि, सत्य र न्यायको स्थापनाका लागि र अधर्मको अन्त्यका लागि गरिएको हिंसा पाप होइन, बरु धर्मको कर्तव्य हो ।
सायद यो कुरा आम नेपाली जनताले स्पष्ट बुझेका छन् । त्यसैले अहिलेको परिस्थितिमा जनताको राज्यसत्ता प्रतिको वितृष्णालाई नजरअन्दाज नगरियोस् । न्याय, शान्ति, सु(शासनको चाहाना राख्ने नेपालीको मनोभावनालाई तुसारोपात गर्न सरकार उद्वत नहोस् । विगतमा भएका कमिकमजोरिमा आत्माआलोचना गर्दै राज्यमा राष्ट्रिय सुरक्षा, रोजगारी, भ्रष्टाचाररहित जनतामुखी बिकास र सम्बृद्विको प्रत्याभूत गराउन सरकार लागिपरोस् ।
धर्म, न्याय, र सत्यको जगमा शासन चलाउन् । सत्य, धर्म, संयम, र सद्गुणको पालन गर्दै शासन सत्ता चलाउन र जनतालाई अहिलेकै व्यवस्था माथि विश्वास दिलाउन सकुन् । यदि यसो गर्न सक्दैनन् भने हिजो जसरी राजाले हाँस्दै सत्ता त्यागे त्यसरी नै त्याग्न राजनीतिक दल र तिनका नेतृत्व तयार हुन् । राजा मर्दा राज्य हराउँदैन भनेजस्तै सरकारमा पटकपटक गएर दशकौँदेखि शासन गर्दा पनि जनताको मनोभावना र आफ्नो प्रतिबद्धता अनुसार काम गर्न नसकेका तपाईंहरुको ठाउँमा पुनः जनताले कोही अरुलाई राख्नेछन् ।
त्यसैले सरकारले व्यवस्था बिरुद्ध सडकमा आन्दोलन गर्न, प्रदर्शन गर्न र आवाज उठाउन आएका नागरिक र तीनका नेतृत्वलाई राज्यदमन फेरि नगरोस् । उनीहरु माथि यस जनविद्रोह (प्रदर्शन) बाट सिर्जित दुखद परिस्थितीको दोष थुपारेर राज्य र राजनीतिक दल आफुहरुलाई पानी माथिको ओभानो देखाउने दुष्प्रयास नगरुन् । अन्यथा, देश पुनः द्वन्द्वमा जानसक्ने प्रष्ट संकेत देखिन्छ । यसो भयो भने अधर्म हुनेछ । तसर्थ विगतमा भएका सर्वपक्षीय त्रुटि सुधार्दै संयम र गम्भीरतापूर्वक नेपाललाई ञरामराज्यझ का रुपमा स्थापित गर्न सबै एकताबद्ध भई लागिपर्नु आजको आवश्यकता हो । यस कुरालाई समयमै सरकार र राजनीतिक दलहरुले जिम्मेवारीपूर्ण ढंगबाट मनन गर्नुको बिकल्प छैन ।
तसर्थ, यस बिषम परिस्थितीमा आरोपप्रत्यारोप, सत्तामा पुग्ने र सत्तामा टिक्ने , व्यवस्था परिवर्तन या पुनःस्थापना भन्दा माथि उठेर राष्ट्र र राष्ट्रिय हितका निम्ति सोचौँ ।
(अश्विन दानी)
प्रकाशित समय : ११:२६ बजे





















