back
himalayan life

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित

विराटनगर । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न अधिवेशनबाट पाण्डे सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का आकाङ्क्षी राजेश राईले पाण्डेलाई समर्थन गरेका थिए । राईले संगठनको हितको लागि आफूले अध्यक्ष पदको दाबी छाडेको बताएका थिए ।

अधिवेशनबाट उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । महासचिव हिरामान लामा दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।
उपमहासचिवमा हरिबल्लभ नेपाल सर्वसम्मत हुँदा सचिवहरूमा विष्णु तारुके, प्रदीप आचार्य, विक्रम लुइँटेल र नरेश भण्डारी पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

संगठनमा वरिष्ठ नेताको हैसियत हुने गरी विश्वमणि सुवेदीलाई निवर्तमान अध्यक्ष पछिको स्थानमा राख्ने निर्णय हलले पारित गरेको छ । नेकपा एकीकृत समाजवादी निकट प्रेस संगठन नेपालको अध्यक्ष बनेका सुवेदी सिङ्गो टिम सहित केही समय अघि प्रेस चौतारी नेपालमा नै फर्किएका थिए ।
केन्द्रीय समिति पदाधिकारी पछिको वर्यादमा रहने गरी शिवशक्ति आचार्य र निरकराज जोशीलाई सचिवालय सदस्य तोकिएको छ । बाँकी ५ सदस्य सचिवालय भने चयन गरिने कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य गणेश बस्नेतले जानकारी दिए ।

९९ सय सदस्सीय केन्द्रीय समितिका सबै प्रदेशका इञ्चार्जको जिम्मेवारी पनि तोकिएको छ । जस अनुसार केन्द्रीय सदस्य नूतन श्रेष्ठलाई कोशी प्रदेश इञ्चार्ज, अच्युत पौडेललाई मधेस प्रदेश प्रतिमा सिलवाललाई वाग्मती प्रदेश, गणेश पौडेललाई गण्डकी प्रदेश, टीकाबहादुर बस्नेतलाई लुम्बिनी प्रदेश, याम शर्मालाई कर्णाली प्रदेश, दिलबहादुर छन्त्याललाई सुदूरपश्चिम प्रदेश, हेमराज सिलवाललाई उपत्यका प्रदेश, एसिमा महतलाई प्रतिष्ठान प्रदेश र रघुनाथ सापकोटालाई एसोसिएट प्रदेश इञ्चार्ज तोकिएको छ ।

महाधिवेशनले अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र नीति अनुसन्धान आयोगका पदाधिकारी र सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरेको छ । संगठनको हीत र समायोजन भएर आएकालाई समेत व्यवस्थापन गर्नका लागि सर्वसम्मत नेतृत्व चयन गरिएको नेकपा एमाले जनसंगठन विभाग प्रमुख भानुभक्त ढकालाले बताए । उनले संगठनलाइ थप मजबुद बनाएर लैजान पनि आग्रह गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...