back
himalayan life

दुई तिहाई बहुमतको दम्भमा कुलमानलाई हटाउने निर्णय गलत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय गलत र आपत्तिजनक रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टेटस राख्दै उनले घिसिङको नेतृत्वमा लोडसेडिङ घटेको भन्दै दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गरेका छन् ।

स्टेटसमा भनिएको छ, ‘देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । हाम्रो नेतृत्वको सरकारको योजना अनि उहाँको विज्ञता र क्षमताबाट उज्यालो नेपाल निर्माण गर्न सफलता मिलेको जन–जनमा जानकारी छ । सरकारले मन्त्रीपरिषद् बैठकबाट उहाँलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट सार्वजनिक भएको छ । आशा गरौं यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ । दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गर्दछु ।’

यस्तै, प्राधिकरणको बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेकै कारणले कुलमान घिसिङलाई सरकारले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको पनि उनको भनाई थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...