back

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी जेइटिई कर्पोरेशनले नेपालमा पुनः आगमन गरेको छ । आइतबार एक विशेष कार्यक्रमकाबिच जेइटिई कर्पोरेशनले नेपालमा पुनः आगमन गरेको हो ।

उक्त आगमन पछि शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जातिया ले भने, ‘हामी जेइटिइलाई पुनः नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौं। नेपाली उपभोक्ताहरूलाई उच्च गुणस्तरयुक्त, नवीन स्मार्टफोनहरू उपलब्ध गराउँदै, उत्कृष्ट प्रदर्शन प्रदान गर्ने हाम्रो लक्ष्य छ । जेइटिइसँगको हाम्रो साझेदारीले नेपालको मोबाइल उद्योगमा नयाँ अध्याय सुरु गरेको छ, र हामी आधुनिक प्रविधिहरू उपलब्ध गराउन प्रतिबद्ध छौं, जसले डिजिटल अनुभवलाई अझ उत्कृष्ट बनाउनेछ।’

कम्पनीले आफ्नो नयाँ राष्ट्रिय वितरक शंकर ग्रुप मार्फत ब्लेड ए र नुबिया सिरिजका अत्याधुनिक तथा किफायती स्मार्टफोनहरू सार्वजनिक गरेको हो । यी स्मार्टफोनहरू नवप्रवर्तन, उत्कृष्ट प्रदर्शन, र किफायती मूल्य संयोजन गर्दै नेपाली उपभोक्ताहरूका लागि उपलब्ध गराइने छन् ।

जेडटिइ नेपालका लागि कुनै नौलो नाम होइन । कम्पनीले सन् २००५ मा नेपाल टेलिकमसँग मिलेर नेपालमा नै पहिलो पटक मोबाइल डाटा सेवा ल्याई इतिहास रचिसकेको कम्पनीले सन् २०१६मा ब्लेड एस् सिक्स, ब्लेड डि टु र ब्लेड डि थ्री जस्ता बजेट–फ्रेन्डली स्मार्टफोनहरूमार्फत नेपाली टेक प्रेमीहरूको मन जित्न सफल भएको थियो ।

यस पटक जेडटिइ ब्लेड ए र जेडटिइ नुबिया सिरिजअन्तर्गत ५ वटा स्मार्टफोनहरू नेपाली बजारमा ल्याएको हो । जसअन्तर्गत जेडटिइ ब्लेड ए ७५ ले ९० हर्जको डिस्प्ले र एआइ क्यामराको साथ उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।

त्यस्तै, हाई–स्पीड, दमदार ब्याट्री र प्रो–लेभल फोटोग्राफी सहित नुबिया भि७० म्याक्स ल्याएको छ । साथै जेडटिइ ब्लेड ए३५इ, जेडटिइ ब्लेड ए५५, र नुबिया भि७०डिजाइन जस्ता शक्तिशाली स्मार्टफोनहरू पनि आकर्षक विशेषतासहित नेपाली बजारमा प्रवेश गराएको छ ।

यी नयाँ स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसर, लामो ब्याट्री लाइफ, र एआइ फिचरहरू समावेश छन् । उत्कृष्ट फोटोग्राफी, सहज मल्टिटास्किङ, र इमर्सिभ गेमिङ अनुभव चाहने प्रयोगकर्ताहरूका लागि जेडटिइका यी नयाँ स्मार्टफोनहरू उपयुक्त विकल्प बन्नेछन् ।

nactional life
Corporatebazar 11 Anniversary

सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो

सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:५१

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म...

विदेशी मुद्रा जोगाउन भारतले सुन–चाँदी आयातमा भन्सार शुल्क बढायो

विदेशी मुद्रा जोगाउन भारतले सुन–चाँदी आयातमा भन्सार शुल्क बढायो

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:४७

काठमाडौं । भारत सरकारले सुन, चाँदी र प्लाटिनमजस्ता बहुमूल्य धातुमा...

सुनकोे मूल्य घट्यो, चाँदी बढ्यो

सुनकोे मूल्य घट्यो, चाँदी बढ्यो

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:४५

काठमाडौं । नेपाली बजारमा बुधबार सुनकोे मूल्य घटेको छ ।...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:२५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१६

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एशोसिएशनले प्राइभेट इक्विटी तथा भेन्चर...

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...