back

मापदण्डविपरीतका १९ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकास्थित लालबन्दीचोक र नवलपुरचोकमा रहेका २३ वटा स्वास्थ्य संस्था अनुगमन गरेका छन् । अनुगमनको क्रममा ती संस्थाहरूमा देखिएका अनियमितताका कारण १९ अस्पताललाई तत्काल बन्द गर्ने निर्देशन जारी गरिएको हो । यी अस्पतालहरू सेवा सञ्चालन अनुमतिपत्र बिना वा मापदण्डविपरीत सेवा दिइरहेको पुष्टि भएपछि यो कडा कदम उठाइएको मुख्यमन्त्री सिंहले बताए ।

मुख्यमन्त्री सिंहले राज्यमा स्वास्थ्य सेवा सञ्चालन गर्दा मापदण्डको पूर्ण पालना अनिवार्य भएको बताए । उनका अनुसार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरवाहीलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिने छैन ।

सिंहले भने, ‘जनताको स्वास्थ्यप्रति हामी कुनै प्रकारको सम्झौता गर्न सक्दैनौं । मापदण्ड उल्लंघन गर्दै सेवा सञ्चालन गर्नु गम्भीर अपराध हो । त्यसैले यस्ता अस्पताललाई तुरुन्त बन्द गर्ने निर्देशन दिएका छौं ।’ अनुगमनका क्रममा जम्मा दुईवटा स्वास्थ्य संस्थासँग मात्रै सेवा सञ्चालन अनुमतिपत्र दुरूस्त रहेको पाइयो भने थप दुईवटाले नवीकरण गर्नुपर्ने अवस्था देखियो । यी स्वास्थ्य संस्थाहरूलाई अबिलम्ब आवश्यक कागजात मिलाउन निर्देशन दिइएको छ ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवामा गुणस्तर सुधार र अनुशासन कायम गर्न आवश्यक नीति तथा मापदण्डलाई कडाइका साथ पालना गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि सरकार कटिबद्ध छ । हामीले जनताको स्वास्थ्यको रक्षा गर्न कुनै पनि अवरोध सहनेछैनौं । अनियमित सेवा प्रदायकहरूलाई कारबाहीको भागीदार बनाइनेछ,’ सिंहले भने ।

मधेश सरकारले स्वास्थ्य सेवाका मापदण्ड पालन नगर्ने संस्थाहरूलाई कडा कारबाही गर्ने नीति अगाडि सारेको छ । यसअनुसार अनुगमन प्रक्रिया निरन्तर जारी रहने र अब आउने दिनहरूमा झन् बढी सर्तकता अपनाइने मुख्यमन्त्री सिंहले बताए ।

जनताले आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने अधिकारलाई ध्यानमा राख्दै मुख्यमन्त्री सिंहले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित निकायलाई थप जिम्मेवारीको साथ अघि बढ्न आग्रह गरे ।

nactional life
Corporatebazar 11 Anniversary

सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार ११:४६

काठमाडौं । नेपाली बजारमा सुनचाँदीकोे मूल्यमा बढेको छ । नेपाल...

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

वि.सं.२०८३ वैशाख २९ मंगलवार ११:४३

लिस्बन । यो वर्ष टङ्क सापकोटा पोर्चुगल आएको ३० वर्ष...

केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्गका लागि अध्ययन गरिने

केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्गका लागि अध्ययन गरिने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:४०

काठमाडौं ।सरकारले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्ग सञ्चालनका लागि अध्ययन गर्ने...

करको संरचनाको पुनरावलोकन गरिने

करको संरचनाको पुनरावलोकन गरिने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:२५

काठमाडौं । सरकारले करका संरचनामा पुनरावलोकन गर्ने भएको छ ।...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:०२

काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी...

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:४९

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ...