back

मुगुका तीन पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन सेवाग्राहीलाई सास्ती

मुगु । हिमाली जिल्ला मुगुका एक नगरपालिका र दुई गाउँपालिका प्रमुख प्रकाशकीय अधिकृत विहीन भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिले कार्यरत अधिकृतहरुलाई हटाएर नयाँ अधिकृत खटाउने निर्णय गरेपनि अझै अधिकृत नपठाउँदा सेवाग्राहीहरु मारमा परेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा छायाँनाथ रारा नगरपालिका, खत्याड गाउापालिका र सोरु गाउँपालिकामा प्रशासनिक तथा आर्थिक कामहरु गर्न समस्या भएको छ ।

छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामका अनुसार पूरानै अधिकृत पशुपति शाहीलाई निरन्तरता दिनका लागि नगर कार्यपालिकाले निर्णय गरी मन्त्रालयमा पत्र पठाएको भएपनि कुनै सुनुवाइ नभएको बताए । ‘हिजोआज अधिकृतका लागि ‘मन्त्रालय धाउँदा–धाउँदा थाकिसक्यौं’ उनले भने ।

मुगुको सोरुगाँउपालिका ,खत्याडगाँउपालिका र छाँयानाथ रारा नगरपालिकाका स्थानिय तहमा प्रमुख प्रशासकीय अधिकृत विहीनले स्थानीय नागरिकहरुका दैनिक प्रशासनिक आर्थिक कामकाज प्रभावित भएको स्थानीय सरोकारवालाहरुको भनाई छ ।

सेवाग्राहीहरूले आवश्यक कागजात, सिफारिस, प्रमाणीकरण, राजस्व संकलन, योजना पारित, कर्मचारी व्यवस्थापन, योजना सम्झौता सम्बन्धी कार्य, योजना बिल भुक्तानी, पेश्की फस्र्यौट, नगद तथा जिन्सी कारोबार, अनुगमन जस्ता महत्वपूर्ण कार्य समेत बन्दा हँुदा स्थानीय नागरिकले सास्ती भोग्नुका साथैं आर्थिक बर्ष सकिन करिब चार महिना मात्र बाँकी रहँदा प्रशासकीय अधिकृतको हालसम्म कुनै टुङ्गो नलाग्दा तीनवटै स्थानिय तहका जनताहरू सेवा लिनबाट बन्चित भएका छन् भने भएको विकास बजेट समेत फ्रिज हुने सम्भावना छ ।

मुगुका तीन पालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन गराउने मुख्य भुमिका पालिकाका अध्यक्ष र उपाध्यक्षहरुले आफ्नो अनुकुलताका कर्मचारीहरु ल्याउने भुमिकाले गर्दा स्थानीय मारमा परेको स्थानीय दान बहादुर बुढाको भनाइ छ ।

यता खत्याडगाउँ पालिकामा गत माघ ९ गतेदेखि प्रमुखविहीन हुँदा कार्यपालिकाले कनिष्ट पालिकामा कार्यरत सातौँ तहका अधिकृत विजय वलीलाई प्रमुख प्रशासकीयका लागि सर्वसम्मत निर्णय गरेर मन्त्रालयमा पठाए पनि अहिलेसम्म कुनै निर्णय नहुँदा नगर प्रमुख बिहीन भएको हो ।

सामान्य प्रशासन मन्त्रालयले माघ ९ गतेको निर्णय अनुसार २३ पालिका र माघ २५ गतेको निर्णय अनुसार १६ स्थानीय तहलाई जुनियर कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएको परिपत्र भए अनुसार मुगुका तीन पालिका प्रमुख प्रशासकिय अधिकृतविही भएका हुन् । तर प्रमुख प्रशासकिय अधिकृत बिहीन स्थानिय तहका जनप्रतिनिधिहरु आन्दोलन गर्ने मनस्थितिमा रहेको सोरु गाँउपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए ।

nactional life
Corporatebazar 11 Anniversary

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:१३

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:००

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारले शनिबार र आइतबार...

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:३७

सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकाले सीमित स्रोतसाधनकाबीच स्थानीय सरकार नागरिकको...

४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता

४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४४

काठमाडौं । काठमाडौं महानगरपालिकाले युवाहरूलाई सिपमूलक र रोजगारमूलक फोटोग्राफी तालिम...

विकास आर्थिक समितिमा आगामि आर्थिक वर्षको बजेट तर्जुमाको तयारीबारेमा छलफल

विकास आर्थिक समितिमा आगामि आर्थिक वर्षको बजेट तर्जुमाको तयारीबारेमा छलफल

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३७

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आर्थिक वर्ष...