back

‘चुनाव निष्पक्ष हुनेछ, सिसी क्यामेरा र ड्रोनले भिडियो खिच्नेछ’ : प्रधानमन्त्री ओली

nactional life

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्छ भनेर दावी गरेका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफू निकट प्रेस चौतारीका पत्रकारहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा धाँधली हुन नसक्ने गरी निर्वाचन गर्ने बताएका हुन् ।

उनले निर्वाचनमा सिसी क्यामेरा र ड्रोन बाट भिडियो खिचेर निष्पक्ष चुनाव गर्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने–‘मेरो नेतृत्वमा शान्तिपूर्ण, स्वच्छ निष्पक्ष निर्वाचन हुन्छ । राष्ट्रिय अन्र्तराष्ट्रिय तमाम पर्यवेक्षकहरु बोलाएर सामेत गरेर गरिनेछ । यो सिसी क्यामेराको जमाना हो । क्यामेरामात्र हैन सिसी क्यामेरा जडान गरिनेछ । आज ड्रोनको समय हो । माथिबाट ड्रोनबाट गतिविधीहरु खिचिनेछ । म देशी बिदेशीलाई चुनौतीका साथ भन्छु यो सरकारले गराएको चुनाव सर्वोत्कृष्टता ठहरिनेछ ।’

उनले थपे –‘मै प्रधानमन्त्री भएँ भनेमात्रै चुनाव हुन्छ भनेर तानातान गरेर केही हुँदैन् । यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाएर जान सकिन्छ । प्रधानमन्त्री बन्ने के स्रोत हो साथीहरुलाई म संविधान हेर्न आग्रह गर्दछु ।

हामी लोकतान्त्रिक शक्ति भएकोले संविधानको बाटो चल्नुपर्छ । असंवैधानिक बाटोमा हिँड्ने कुरासँग कुनै सम्झौता गर्न सकिँदैन । त्यस्ता प्रबृतिहरुसँग झुक्न समेत सकिँदैन ।’

२०७८ जेठ ९ गते प्रकाशित।

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:१९

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

वि.सं.२०८२ चैत १६ सोमवार ११:१७

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा...