back
himalayan life

ओलम्पिक कमिटी र मन्त्रालय आमने सामने: मन्त्री चौधरी आक्रामक

काठमामाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटीले सरकार र खेलकुद परिषद्माथि निराधार आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गएको चैत्र १ गते कमिटीले पत्रकार सम्मेलन गरी नेपालको कानुन र अन्तर्राष्ट्रिय अभ्यास विपरित प्रस्तुत भएर गलत सूचना दिएको भन्दै त्यसमा आधारित भइ कुनै धारणा नबनाउन अनुरोध गरे ।

उनले भने,‘नेपाल ओलम्पिक कमिटीले गएको चैत्र १ गते शुक्रबार केही खेल संघका पदाधिकारीहरुलाई संलग्न गराइ पत्रकार सम्मेलनको आयोजना गरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ । उक्त सम्मेलनमा मन्त्रालय र खेलकुद परिषद्माथि लगाएको निराधार आरोपको पूर्ण रुपमा खण्डन गर्छु । साथै यस्तो गलत सूचनामा आधारित भइ कुनै धारणा नबनाउन अनुरोध गर्छु । नेपालको कानुन र अन्तर्राष्ट्रिय अभ्यास विपरित उक्त सम्मेलनमा आफूहरुलाई नेपाल ओलम्पिक कमिटीको पदाधिकारी हौं भन्दै दाबी गर्नेहरुमाथि गैरकानुनी विषयलाई कानुनको परिधिमा आत्मासाथ गर्नुपर्ने हुन्छ ।’

सम्मेलनमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारले वैदेशिक यात्रामा जान लागेका एनओसीका पदाधिकारीलाई विमानस्थलमै रोक्ने काम गरेर सामान्य नागरिकको नैसर्गिक अधिकारलाई रोक्ने र धरपकट गर्ने काम गरेको आरोप लगाएका थिए ।

मन्त्री चौधरीले कमिटीको चार वर्षे कार्यकाल २०८० भाद्र १९ गते समाप्त भएतापनि निर्वाचन नगरेको र चार महिनापछि पौष १५ गते साधारणसभा बोलाएर आफ्नो कार्यकाल करिब एक वर्ष चार महिना थप गर्ने कमिटीको विधानविपरीत नीतिगत निर्णय गरेर भ्रम सृजना गर्ने काम गरेको पनि बताए ।

उनले भने,‘कमिटीको अन्तिम निर्वाचन २०७६ भाद्र २० गते भएको र चार वर्षे कार्यकाल २०८० भाद्र १९ गते समाप्त भएतापनि निर्वाचन नगरेको र आफ्नो कार्यकाल समाप्त भइसकेको चार महिनापछि पौष १५ गते साधारणसभा बोलाएर आफ्नो कार्यकाल करिब एक वर्ष चार महिना थप गर्ने नीतिगत निर्णय गरी कमिटीको विधानविपरीत रहेको जानकारी हुँदाहुँदै भ्रम सृजना गर्ने विषयमा सरकारको ध्यान पुगेको छ ।’

त्यस्तै उनले ०८१ साल पौष १३ गते निर्वाचन मिति तयगरीएकोमा विधानको दफा २५ र १ मा उल्लेख भएको अवस्थामा संशोधन गर्दै अध्यक्षको कार्यकाल लगाएर दुइपटकसम्म हुने व्यवस्था संशोधन गरेर आफू अनुकुल लगातार पुन अध्यक्ष रहीरहने गरी विधानको भावनाविपरीत संशोधन गर्ने काम गरिएको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...